ओली र प्रचण्डको यस्तो मज्जाको जुहारी



हाम्रो इकोनोमि

 

पछिल्लो समय ओली र प्रचण्डको यस्तो जुहारी चल्न थालेको छ । आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा प्रवेश गरेका छन् । सोमबारसम्म ‘पर्ख र हेर’को चरण बनाउने र त्यसपछि एकले अर्काको कदम हेरेर अगाडि बढ्ने उनीहरूको पछिल्लो योजना छ । दुवै पक्षले एक–अर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । तर, सम्भावित दुर्घटनाको अपजस लिन नपरोस् भन्नेमा दुवै पक्ष सचेत देखिएका छन् ।

हेर्नुहोस जुहारी

केपी ओली, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष

पार्टी कमिटीका बैठक आवश्यकताअनुसार बस्छन् । कमिटीहरू बैठक बस्नका लागि नै हुन् । त्यसका लागि विधान, परम्परा र वैधानिक व्यवस्था छ । तपाईंहरू कहाँ–कहाँ बसेर बैठक बस्ने भन्दै गुटबन्दीको योजना बनाउनुहुन्छ, त्यस आधारमा त हुन्न नि ! पछिल्लो सचिवालय बैठकले एजेन्डामा समझदारी गरेर बैठक बस्ने निर्णय गरेको हो । बैठक कसरी सम्पन्न गर्ने भन्नेमा सहमति नभएसम्म बैठक हुन सक्दैन । समस्या बैठक नबसेर होइन, तपाईंहरूको गुटबन्दी हो । सरकार असफल पार्ने र पार्टी फुटाउने काममा लाग्नुभएको छ । ती समस्या हुन् । त्यसैले विवाद, गुटबन्दी र विघटनको बाटो छोड्नुस् । त्यसपछि सल्लाहबाटै बैठक भइहाल्छ । गुटबन्दी गरेर चलाउँछु भन्ने नठान्नुस् ।

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष नेकपा

कार्यदलले बुझाएको प्रतिवेदन, स्थायी कमिटी बैठकको निर्णय तपाईंले कार्यान्वयन गर्नुभएन । मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्तिदेखि अहिलेसम्म सबै काम एकलौटी गर्नुभो । तपाईंकै कारण कर्णालीमा समस्या थपियो । समस्यामाथि समस्या थपिएपछि मैले कैयौँपटक छलफल गर्दा तपाईं समाधानका लागि तयार हुनुभएन । बैठकमै छलफल गरौँ भन्दा गुटबन्दी गर्ने भन्दै अलग–अलग बाटो हिँडौँ भनेर पार्टी फुटाउने कुरा गर्नुभो । औपचारिक बैठक डाकेमा पार्टी फुटाउँछु भन्दै धम्की दिनुभयो । त्यसैले अनौपचारिक बैठक डाकेर साथीहरूसँग सल्लाह गरेर लिखितपत्र बुझाउन आएको छु । बालुवाटारमा सुरक्षाघेराभित्र बसेर यसलाई तपाईंले नै जालझेल र गुटबन्दी गर्ने अखडा बनाउनुभएको छ । उल्टै मलाई गुटबन्दीको किन आरोप लगाउनुहुन्छ ?

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...