नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउने गोप्य तयारी



हाम्रो इकोनोमि

 

नेकपा फुटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव तयार भएको छ । नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको  छलफलमा नेकपा फुटाएर नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव प्रस्तुत भएको हो ।

छलफलमा सहभागी एक सचिवालय सदस्यका अनुसार नेकपा सचिवालयका ६ जना सदस्य उपस्थित भएको छलफलमा प्रचण्डले नै नेकपा फुटाएर नयाँ बाटोबाट अघि बढ्ने प्रस्ताव गरेका हुन ।

प्रचण्डले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादललाई कुरा गर्नुछ भनेर बोलाए ।  प्रचण्डको उक्त निमन्त्रणमा आउँदा बादल प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग थिए । प्रचण्डले भेट्न बोलाएपछि बादलले गुटको छलफलमा नआउने तर एक्लै बसेर कुरा गर्ने भए आउने भनेर भने ।

प्रचण्डले एक्लै भेट्ने हो भनेर प्रतिवद्धता जनाएपछि बादल खुमलाटार पुगे । तर विडम्बना प्रचण्डले बादल बाहेकका अन्य तीन जना सचिवालय सदस्य समेत जम्मा गरेर राखेका थिए । जहाँ माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायत रहेका थिए । बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग भएका छलफलका कुरा ब्रिफिङ गरे ।

प्रचण्डको ब्रफिङ लगत्तै प्रवक्ता समेत रहेका रायणकाजी श्रेष्ठले बोल्न थाले । उनले अब कांग्रेससँग मिलेर संसदको विशेष अधिवेशन डाकेर नयाँ सरकार निर्माणको काम गर्नुपर्ने प्रस्ताव गरे । उनले अब कांग्रेससँग मिलेर २५ प्रतिशत संसद्को हस्ताक्षर गर्ने र संसद्को विशेष अधिवेशन आव्हान गरी सरकार ढाल्ने प्रस्ताव गरे ।

प्रचण्डले माधव नेपाल प्रधानमन्त्री र आफू एकल अध्यक्ष हुने प्रस्ताव र नारायणकाजीले यस्तो प्रस्ताव गरेपछि वादल यी विषयमा आफ्नो गम्भीर असहमति राखेर अहिले सरकार परिवर्तन गर्ने र विदेशीको गोटी बनेर फोहोरी खेल्न खेल्न हुने प्रस्तावमा आफ्नो असहमति रहने जनाउँदै बाहिरिए ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...