पार्टी फोड्ने प्रचण्डको अन्तिम तयारी, गुट भेलामा को-को पुगे (नाम सहित)



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद बढिरहेका बेला दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक भेटवार्ता र परामर्शहरूलाई तिब्र बनाएका छन् ।

दाहालले आफू निकटका सांसद, नेता र कानून व्यवसायीहरूलाई धमाधम भेट गरिरहेका छन् । ती भेट र भेलाहरूमा भएका कुराकानीका विषयमा बाहिर केही भनिएको छैन । तर, ती भेट र भेलाहरूले सरकारलाई असहयोग भएको सन्देश बाहिर आइरहेको छ ।

दाहालले बिहीबार कोटेश्वरस्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा कानून व्यवसायीहरूसँग परामर्श गरेका छन् ।

दाहालसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका थिए । उनीहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डीश्वर श्रेष्ठ, पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानलगायतसँग परामर्श गरेका थिए ।

कोटेश्वरको परामर्शपछि दाहालले खुमलटारस्थित आफ्नै निवासमा सांसद रामनारायण बिडारीसहितका पूर्वमाओवादी सांसदहरूसँग अलग–अलग परामर्श गरेका छन् ।

ती परामर्शहरूमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीसँगको विवाद र कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालनमा असहयोग गर्दै आएका दाहालले गुटका बैठक र भेलाहरू बाक्लै गर्दै आएका छन् । उनले नेकपा र सरकारमा के खोजेका छन् भन्नेबारेमा नेताहरूलाई नै थाहा छैन ।

हुन त ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दाहालले आफू निकटका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएको चर्चा पनि छ ।

एउटा रेडियोसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले प्रधानमन्त्रीलाई हटाउन दाहालले आफू निकटका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएको र अविश्वासको प्रस्ताव दर्ताको तयारीमा रहेको बताएका थिए ।

दाहालले नेकपाभित्रको विवादलाई समाधान गरेर अगाडि बढ्नुको साटो गुटका भेलाहरू गरेर प्रधानमन्त्री ओली र सरकारलाई असहयोग गर्दै आएको आरोप लागेको छ ।

दाहालले पछिल्लो समय गरिरहेको गतिविधिलाई नेकपाभित्रकै नेताहरूले समेत बुझ्न सकेका छैनन् । दाहालले विशेष गरेर पूर्वमाओवादी नेता र सांसदहरूलाई एक्लाएक्लै भेटेर परामर्श गर्नुलाई नेताहरूले बुझ्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...