ओलीको गोप्य कोसेली बोकेर प्रचण्ड निवासमा नेम्वाङको धर्ना



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच देखिएको विवादको निकासको प्रयास दोस्रो तहका नेताहरुले गर्दैछन् ।

अध्यक्ष दाहालसँग कुराकानी गर्नका लागि नेकपा नेता सुवास नेम्वाङ अहिले खुमलटार पुगेका छन् । दुई अध्यक्षबीच देखिएको विवादबाट निकास दिनका लागि प्रयास थालिएको नेताहरुले बताएका छन् ।

नेम्वाङले आफू अहिले खुमलटार रहेको जानकारी दिँदै दुई अध्यक्षबीच सहमतिको विकल्प नरहेको बताए । ओली–प्रचण्ड विवादले पार्टीलाई दुर्घटनाउन्मुख गराएपछि दोस्रो तहका नेताहरूले अनौपचारिक तहमा सम्पर्क बढाएका छन् ।

विहीबार स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेको समस्या पार्टीको आन्तरिक जीवनको संस्थागत समस्या भएकाले त्यसलाई संस्थागत विधि र प्रक्रियाबाटै समाधान खोज्नुपर्ने बताएका थिए ।

उनले बिहीबार स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलसँग पार्टीको आन्तरिक संकटकै विषयमा केहीबेर छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...