ओलीको गोप्य कोसेली बोकेर प्रचण्ड निवासमा नेम्वाङको धर्ना



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच देखिएको विवादको निकासको प्रयास दोस्रो तहका नेताहरुले गर्दैछन् ।

अध्यक्ष दाहालसँग कुराकानी गर्नका लागि नेकपा नेता सुवास नेम्वाङ अहिले खुमलटार पुगेका छन् । दुई अध्यक्षबीच देखिएको विवादबाट निकास दिनका लागि प्रयास थालिएको नेताहरुले बताएका छन् ।

नेम्वाङले आफू अहिले खुमलटार रहेको जानकारी दिँदै दुई अध्यक्षबीच सहमतिको विकल्प नरहेको बताए । ओली–प्रचण्ड विवादले पार्टीलाई दुर्घटनाउन्मुख गराएपछि दोस्रो तहका नेताहरूले अनौपचारिक तहमा सम्पर्क बढाएका छन् ।

विहीबार स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेको समस्या पार्टीको आन्तरिक जीवनको संस्थागत समस्या भएकाले त्यसलाई संस्थागत विधि र प्रक्रियाबाटै समाधान खोज्नुपर्ने बताएका थिए ।

उनले बिहीबार स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलसँग पार्टीको आन्तरिक संकटकै विषयमा केहीबेर छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...