जबज मेरो बटम लाइन हो : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलिय जनबाद (जबज) आफ्नो बटम लाइन भएको घोषणा गर्नुभएको छ । गत सोमबार नेकपाका नेता प्रदीप नेपालसँगको भेटमा वरिष्ठ नेता नेपालले आफु जबज छाड्न नसक्ने बताउनु भएको हो ।

नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता नेपालले उहाहरुसँग छुट्टा छुट्टै छलफल गरेका थिए । छलफलका क्रममा आफुले जबजका विषयमा माधव नेपाललाई प्रश्न सोधेको प्रदीप नेपालले एक अन्तर्वार्तामा भन्नु भएको छ । गत सोमबार भएको भेटपछि मंगलबार दिएको अन्तवार्तामा नेता प्रदीप नेपालले भन्नु भएको छ, ‘मैले हिजो फेरी माधव नेपाललाई सोधे, उहाले भन्नु भयो– म जबज चाँही छोड्दिन, त्यो भएपछि त कुरै सिधियो ।’

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको उहाको भनाई छ । ‘एकता गर्नुअगाडी जनताको बहुदलिय जनबाद मान्छु, मदन भण्डारी जिवित भएको भए आफुहरु जंगल जानुपर्ने अवस्था नै आउदैन थियो भनेर सार्वजनिक कार्यक्रममा प्रचण्डजीले भन्नुभयो’, नेता नेपालले अगाडी भन्नुभयो, ‘अहिले जबज मान्दिन भनेर उहाले सरासर बेइमानी गर्नुभयो ।’

नेता नेपालले नेकपाबाट एउटा समुह चोइटिन सक्ने समेत बताउनु भयो । उहाले स्पष्ट रुपमा प्रचण्ड समुह चोइटिएर जान सक्ने घोषणा गर्नुभयो । ओली र नेता नेपालबीच ठुलो झगडा नभएपनि तित्तता रहेकाले यो दुवै समुह कुनैपनि हालतमा एकैठाउमा रहने उहाले घोषणा समेत गर्नुभयो । आफु नेपाल गुटमै रहेको बताउदै नेता नेपालले ओली र नेपाल कुनै पनि हालतमा छुट्टै पार्टीमा नरहने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...