बालुवाटारमा छिरे प्रचण्ड, ओलीसँग नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ।ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय दूरी बढिरहेको छ।

दुई अध्यक्षबीच पाँच दिनपछि भेट हुन लागेको हो। बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद भएको छ ।

नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग अलग नाम प्रस्ताव गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् ।

यसबारे प्रचण्ड–नेपाल समूहले बिहीबार कानून व्यवसायीहरुसँग समेत परामर्श गरेका छन् । ‘हामीले पहिला सिफारिस भएर पनि काम गर्न नपाएको, वरिष्ठ पनि भएकाले उहाँ (श्रेष्ठ) लाई सिफारिस गरौं भनेका छौं’ पेरिसडाँडामा भएको छलफलमा सहभागी एक नेताले भने, ‘उहाँहरुले महेश नेपाललाई सिफारिस गर्न चाहेको बुझेका छौं ।’

न्यायपरिषदले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...