प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान, अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्डको तयारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल समूहले अविश्वासको प्रस्तावका लागि धमाधम सांसदहरूको हस्ताक्षर गराइरहेको आरोप लगाएका छन् ।

डा.भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध दाहाल समूहले सांसदहरूलाई दवाव दिएर हस्ताक्षर गराइरहेको बताए । उनले सांसदहरूलाई धम्काएर हस्ताक्षर गर्न लगाएको कुरा आफूले सुनेको बताउँदै त्यस्ता कार्य नगर्न खुमलटारलाई चेतावनी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार  डा.भट्टराईले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गराउन दुर्भाग्य भएको बताए । उनले प्रधानमन्त्री ओली संसदीय दलमा बहुमतमा रहेको दाबी समेत गरेका छन् ।

‘प्रधानमन्त्रीविरुद्ध अध्यक्ष पुष्पकमल दाहालज्यूले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्न लगाउनु भएको भनेर सुनिएको छ, यो आधिकारीक कुरा त होइन’, उनले भने, ‘यदि त्यस्तो भएको रहेछ भने दुर्भाग्य हुनेछ ।’ प्रधानमन्त्री ओलीका सल्लाहकार डा.भट्टराईले सहमति र सहकार्यका साथ अगाडि बढ्ने बेला यस्ता कुराले पार्टीमा एकताका लागि असर पुग्ने बताए ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्धका विषयमा सल्लाहकार डा.भट्टराईले भने, ‘सबैभन्दा नजिक कोही भने प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नै हुनुहुन्छ ।’

नेपाल–भारतबीचको सम्बन्धका विषयमा उनले सम्बन्ध सुधार हुँदै गएको बताए । डा.भट्टराईले नेपाल–भारतबीच सम्बन्ध सुध्रिएर गएको बताए । उनले केही समस्या रहेको भन्दै त्यसलाई कुटनैतिक सम्वादमार्फत टुंगो लगाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

   प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका...

इजरायलमा २ हजार ३ सय जना नेपाली कामदार माग

  वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३...

निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द

     सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य...

प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...