अध्यादेश ल्याउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

संसदमा दुई तिहाइ नजिक बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता गम्भीर संकटमा परेको छ । यसको पुष्टि नेकपाका महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत २०७७ कात्तिक १६ गते गरेका छन् । केपी ओली र प्रचण्ड–माधव नेपाल समूह आ–आफ्नो अडानमा अडिग बनेपछि ३ वर्षको शैशवकालमा हिँडिरहेको नेकपाको भविष्य पुनः गम्भीर संकटमा परेको हो । यसले अहिलेको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने र देश फेरि राजनीतिक अस्थिरतातर्फ धकिलिने अनुमान पनि गर्न थालिएको छ ।

 

नेकपाभित्र यसअघि देखापर्ने विवाद समाधान गर्न भूमिका खेल्दै आइरहेका अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल स्वयंले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वसामू गम्भीर संकट उत्पन्न भएको ट्वीट समेत गरेका छन् । यसले नेकपा गम्भीर संकटमा परेको पुष्टि गरेको छ ।

पार्टीभित्रको विवाद गहिरिँदै गएपछि सरकारले २ अध्यादेशको तयारी अघि बढाएको चर्चा चलेको छ । यसअघि २०७७ वैशाखमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष् तथा प्रधानमन्त्री केपी ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी २ अध्यादेश ल्याएका थिए । अहिले पुनः त्यसैलाई व्यँुताउन लागिएको स्रोत बताउछ । दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत सदस्यको सहमति हुनुपर्ने प्रावधानलाई सच्याएर संसदीय दलमा ४० प्रतिशत पु¥याउँदा पनि पार्टी विभाजन गर्न मिल्ने व्यवस्था अध्यादेशमा गरिएको थियो ।

 

प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित रहे पनि गणपूरक संख्या पुगेको अवस्थामा बहुमतले निर्णय गर्न सकिने अर्को अध्यादेश पनि ल्याइएको थियो । चर्को दबाबपछि फिर्ता गरिएको अध्यादेशमा सामान्य परिवर्तन गरेर पुनः ल्याउने तयारी फेरि अघि बढाइएको स्रोत बताउँछ । अब आउने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रमुख विपक्षी दलका नेताको अनिवार्य उपस्थितिमा बहुमतले निर्णय गर्नेगरी अध्यादेश आउन लागेको स्रोत बताउछ । प्रचण्डले पार्टी फोड्न खोजेपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...