प्रचण्डका घरबेटी शारदा अधिकारीले जनतालाई कहाँ-कहाँ ठगे



हाम्रो इकोनोमि

 

शैलुङ जेभी भन्ने वित्तिकै सबैको मनमा एउटा कुरा आउछ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरबेटी । शारदाप्रसाद अधिकारी ठेकदार कम घरबेटीको नामबाट बढि चर्चित छन् । विवादको घेरामा परिरहने र काम थोरै ठेक्का बढि लिइरहने ठेकदारको घरमै बसिरहने प्रचण्डको मोह पनि गजब्बको छ ।

यी घरबेटी भक्तपुर–नगरकोट सडक, ककनी जाने सडक, मेलम्चको ठेक्का, सुनाकोठीको सडक ठेक्का पाउने भाग्यमानी ठेकदार हुन् । यी सबै काम गर्दछन् तर ठेक्कामा पाएको काम गर्दैनन्, भनेर यी माथी उल्लेख गरिएका सडक प्रयोग गर्ने स्थानीयबासी बताउछन् । नगरकोट जाने सडक नबनाएपछि स्थानीयले पोष्टर नै टासेर घरबेटी ठेकदार खोजे ।

यस्तै हालत भएको छ अहिले ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडक खण्डका स्थानीयको । यो सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले पाएको ६ वर्ष वितेछ । ६ वर्षसम्म धुलो खाएका स्थानीयले नयाँ नारा दिएर आइतवारदेखी सडक बन्द गरेका छन् । उनिहरुले सडक भत्काएर अलपत्र छाड्ने ठेकदारविरुद्ध विभिन्न ठाउँमा ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’ नारा लेखेर टाँसेका छन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा पर्दछ । त्यहासम्म चाँही सडक विस्तारको काम सकिएको छ है ।

प्रचण्डलाई घरम जान चिल्लो सडक बनाईदिएका अधिकारी त्यसपछि भने बेपत्ता जस्तै भएका छन् । वर्षा हुनेवित्तकै हिलो र घाम लाग्ने वित्तिकै धुलो खाने यो क्षेत्रका स्थानीयको भाग्यमा रहेको छ । सडक मर्मत नभएको विषयमा न घरबेटी बोल्छन् र त्यही घरमा बसका शक्तिशाली ‘भाडावाल’ बोल्छन् । त्यही भएर यहाका स्थानीय यी दुई भाडावाल र घरबेटीसँग क्रुद्ध बनेका छन् ।

शैलुङको शानदार काम यहामात्र होइन् हरेक किसान व्यथासँग पनि जोडिएको छ । सरकारले किसानका लागि युरिया मल ल्याउन कानुन अनुसार ठेक्का निकाल्यो । कानुनअनुसार नै २५ हजार टन युरिया मल ल्याउने जिम्मा शैलुङले पायो । रकम पनि लियो तर, घरबेटीलाई फेरी पुरानै रोगले छोयो । ठेक्का लिएर ठेकदार फेरी फरार । बिचारा कृषिमन्त्री धनश्याम भुषाल किसानको आक्रोशको रापमा परे । सार्वजनिक रुपमा माफी मागे । तर, ठेकदारको मन फेरी पनि पग्लिएन । किनकी मल ल्याउने अर्को ठेक्का पनि शैलुङकै हातमा छ ।

ठेक्का लिएर मोबिलाइजेसन रकम बुझेपछि आयोजनाहरु अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबभन्दा आजित त सडक विभाग नै छ । यी ठेकदारले ठेक्का पाएको अर्को सडक खण्ड पनि छ, नागढुंगा–कलंकी सडक खण्डको काम । कपन क्षेत्रका ३ वटा सडकका ठेक्का, बालकुमारीबाट हनुमन्ते दोभानसम्मको सडक यी नै ठेकदारले लिएका छन् । लिएकामात्रै छन् काम भने पुरा गरेका छैनन् ।

यी घरबेटीलाई सजिलो बनाएको छ, सार्वजनिक खरिद नियमावलीले । सडकको सम्झौता सकिनु केही दिन अघि उनि विभिन्न बाहाना बनाएर म्याद थपको प्रावधान लिएर आउछन् । नियमावलीअनुसार म्याद थप गर्न सडक विभाग बाध्य हुन्छ । विभागकै कुरा मान्ने हो भने कुनै पनि आयोजनाहरुको लागत अनुमानभन्दा निकै कम मूल्य राखेर टेन्डरमा यी घरबेटी ठेकदार सामिल हुने गरेका छन् । त्यहाबाट मोबिलाइजेसनको रकम लिने र अन्यत्र लगानी गर्ने गरेको स्रोत बताउछन् ।

यसविषयमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड अहिलेसम्म चुप लाग्नु र अधिकारीकै घरमा बसिरहनुले यी दुईबीच सहकार्य त छैन् भनेर स्थानीय शंका गर्ने गर्दछन् । हुनत केही महिना अघि अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा आफु नयाँ घरको खोजीमा रहेको बताउनु भएको थियो । तर, त्यो अहिलेसम्म पुरा भएको वा शुरु भएको देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...