बादल ओली गुटमा, प्रचण्डलाई १०४ डिग्रीको ज्वरो



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र जब पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचमा विवाद उत्पन्न हुन्छ, गृहमन्त्री राम बहादुर थापा बादलबारे अनेक अड्कलबाजी सुरु हुन्छ ।

सचिवालय सदस्य बादल अहिले कुन गुटमा छन ? ओली कि प्रचण्ड ? माधव नेपाल गुटमा पो हो कि । तर उनी हमेशा बोल्दैनन् । उनी कुनै निश्चित बैठकमा सहभागी भएको र नभएको आधारमा कतिपयले उनको कित्ता निर्धारण गर्छन् ।

तर उनी सधैं नबोल्ने भने होइन । ‘जब बोल्छन्, बोल्ने मात्रै नभएर कित्ता नै प्रष्ट पारिदिन्छन्’, लामो समयदेखि उनी नजिक रहेका एक नेता भन्छन् । आइतबार खुमलटार भेलामा पनि बादलले मुख खोले ।

बादलको भनाइ थियो,’पार्टीलाई संस्थागतरुपमा बढाउनुपर्छ, विधि र पद्दतिमा चल्नुपर्छ । तर, विभाजन हुने ठाउँसम्म पुग्नु हुन्न ।’

पार्टी विवादमा तटस्थ देखिने उनी आइतबार खुमलटार पुगेका थिए । त्यहाँ सचिवालयका बहुसंख्यक सदस्यहरू(कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बादल) थिए ।

एकदिन अघिको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको संकेत गरेको भन्दै आफू निकटका नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए ।

यसपछि बादल सहित सचिवालयका सदस्यहरूले विभाजनसम्म पुग्ने बाटो रोज्न नहुने धारणा राखे । प्रचण्डले बोलाएको यो भेला सकिएपछि भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देशन दिइयो । मुख्यमन्त्री शाहीले ओली पक्षका दुई मन्त्री (दल रावल र नन्दसिंह बुढा) लाई बर्खास्त गरी नेता नेपाल निकट तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए ।

तर, रावल र बुढालाई राजीनामा नगर्नू, बरु हटाए हट्नु भन्ने निर्देशन दिएका ओलीले चाल्न सक्ने संभावित कदमबारे अनुमान गरेरै कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन रोकियो । तर, साढे तीन महिना पछाडि प्रचण्ड-नेपाल समूहमा सहभागी बादलले भने यो समूहलाई सशर्त साथ दिने सन्देश दिए । नभन्दै, भेलाले पनि पार्टी संस्थागत रुपमा चल्नुपर्छ, तर विभाजनसम्म पुग्नु हुन्न भन्ने निष्कर्ष निकाल्यो ।

‘बादललाई कहिले प्रचण्ड, त कहिले ओलीतिर लागेको विश्लेषण गरिन्छ । तर, एजेण्डा र अडान चाहिँ माधव नेपालसँग मिल्छ’, उनी निकट एक नेता भन्छन् । गएको साउन २ को खुमलटार भेलामा पनि बादलले आइतबारकै जस्तो अभिव्यक्ति दिएका थिए । पछिल्लो समय बादल ओलीतिर लागेको स्रोतको दावी छ ।

त्यसबेला, ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको थियो । त्यसबेला बादलले दुवै पदबाट कसैलाई हटाउँदैमा समस्या हल नहुने अडान लिए । बादल सँगै, उपाध्यक्ष वामदेव गौतमको ‘यूटर्न’ले नेकपा संकटको रूप बदलिएको थियो ।

आइतबारको भेलामा पनि बादलले पार्टीभित्र कसैलाई निषेध गरेर जाने पक्षमा कोही लाग्न नहुनेमा बादल अडिग थिए । बादलले आफू निकटहरुसँग भन्ने पनि गरेका छन्, ‘ओली र प्रचण्डका धेरै कुरा समान छन् । आफूलाई अनुकुल पार्टी परिभाषा दिन्छन् ।’

द्वन्द्वकालदेखि शान्तिपूर्ण अवधिको राजनीतिक घटनाक्रममा पनि बोल्दै नबोल्ने, तर अन्तिम समयमा कित्ता प्रष्ट हुनेगरी निर्णय लिने स्वभाव उनीसँग रहेको नेकपाका नेताहरु बताउँछन् ।

पार्टी भित्रको विवादको सम्बन्धमा बादलले निएको अडानचाहिँ ठ्याक्कै माधवकुमार नेपालसँग मिल्छ । पार्टीमा जति नै विवाद भए पनि पार्टी विभाजनमा कुनै पनि हालतमा जानु हुन्न भन्ने नेपालको दृढ अडान छ । उनी निकट नेताका अनुसार वादलको पनि त्यही अडान हो ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...