पश्चिमी वायुको प्रभाव, वर्षा हुने सम्भावना!



हाम्रो इकोनोमि

 

 

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ।

पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ।

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ।

हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

राति पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने ऊर्जा जल तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३  र अधिकतम तापक्रम २७ दशमलव ७ डिग्री सेल्सियस  छ।

त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री र सबभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...