काठमाडौ‌ं महानगरले रोक्यो नि:शुल्क खाना अभियान



 

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ