पुर्व समूहले पार्टी फुटाउन खोजे : इश्वर पोखरेल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजनको डिलमा पुगेको बताउनु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले आज दिउँसो ट्वीट गर्दै एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको बताउनु भएको हो । ‘एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो, त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं !,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ, ‘व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!’

व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उहाँले यसको विरोध गर्दै एकता जोगाउन आह्वानसमेत गर्नुभएको छ । पछिल्लो केही दिनयता नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएको छ । प्रधानमन्त्री नपाए पार्टी नै बिभाजन गर्ने योजनाका साथ अभियान अघि बढाउनु भएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग अब अलग होऔं भनेर प्रस्ताव गरेको भन्दै झुटो अफवाह फैलाएपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...