आफ्नो गुटका नेतालाई तत्काल काठमाडौं आउन प्रचण्डको उर्दी



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेकपाका अध्यक्ष प्रचण्डले उपत्यका बाहिर रहेका आफूनिकट स्थायी समिति सदस्यलाई तत्काल काठमाडौं आउन निर्देशन दिएका छन् । राजदूत, मन्त्री नियुक्ति र रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटवार्तालगायत विषयले नेकपाभित्रको विवाद चर्किरहेका बेला प्रचण्डले तत्काल काठमाडौं आउन निर्देशन दिएका हुन् । काठमाडौं आउने प्रयोजनबारे प्रचण्डले केही नबताए पनि छलफल र भावी रणनीतिबारे आफूनिकटका स्थायी समिति सदस्यसँग परामर्श गर्न लागिएको अनुमान गरिएको छ ।

प्रचण्डले आइतबार टेलिफोन गरेर काठमाडौं आउन निर्देशन दिएको उपत्यका बाहिर रहेका नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए । तत्काल काठमाडौं आउन भनिए पनि त्यसको प्रयोजनबारे भने अध्यक्षले केही नबताएको ती स्थायी स्थायी समिति सदस्यले  बताए ।

स्रोतका अनुसार, प्रचण्डले सोमबार नै आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गर्ने आन्तरिक तयारी गरेका छन् ।

पछिल्लो समय नेकपा फुटको संघारमा पुगेको स्वयं नेकपाका नेताले बताएका छन् । आइतबार मात्रै आफूनिकटका नेतासँग प्रचण्डले पार्टी विभाजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको व्रिफिङ गरेका थिए । यद्यपि, बालुवाटार स्रोत भने ओलीले नभएर प्रचण्ड स्वयंले यही शैलीमा अघि बढ्न नसकिने भन्दै पार्टी विभाजन गर्न प्रस्ताव गरेको बताउँछ । नेकपाका दुवै पक्ष आ–आफ्नो रणनीतिमा जुटिरहेका बेला यसले कुन मोड लिने हो भन्ने प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...