नेकपाको पार्टी एकता धरापमा : महासचिव बिष्णु पौडेल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले पार्टी एकता पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको खुलासा गर्नुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको दुरी बढेसँगै भइरहेको चलखेलबाट पार्टी एकता नैसंकटमा पुगेको महासचिव पौडेलले खुलासा गर्नुभएको हो ।

यस्तो छ महासचिव पौडेलको धारणा

राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन भएको थियो ।

पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...