मन्त्रीलाई राजीनामा नदिन ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपछि काठमाडौंमा तरंग उत्पन्न भएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने मुख्यमन्त्री शाहीले दुई मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरू बनाउने तयारी गरेका हुन् । स्रोतका अनुसार शाहीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिने दुई मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।

ओली निकटका मन्त्रीहरू हटाएर शाहीले वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूलाई मन्त्री बनाउन लागेको चर्चा छ ।

शाहीले ओली निकटका मन्त्रीहरू दल रावल र नन्दसिंह बुढालाई हटाउन खोजेको स्रोतको भनाइ छ । मुख्यमन्त्री शाहीले हटाउन खोजेपछि काठमाडौंमा तरंग उत्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीले रावल र बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको एक नेताले बताएका छन् ।

मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’

मुख्यमन्त्री शाहीले रावल र बुढालाई राजीनामा दिन दबाब दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...