मुकेश चौरसियाको वास्तविक हत्यारा पत्ता लाग्छ : प्रभु साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

आज (बुधवार) रौतहटको गुजरा नगरपालिका–४, जंगलसैयामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुकेश चौरसियाको वास्तविक हत्यारालाई कसैले बचाउन नसक्ने जिकिर गरे ।
पार्टीको आन्तरिक विवादको कारण नेताले ज्यान गुमाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताउदै उनले पानी मुनि गएपनि अपराधी बच्न नसक्ने र कोही निर्दोषलाई फस्न नदिने बताए । पार्टी प्रदेश कमिटीले विवादित कार्यक्रम नगर्न निर्देश दिएपनि जबरजस्ती कार्यक्रम गरेकोमा अध्यक्ष साहले दुख व्यक्त गरे ।

‘पर्साको जिल्लाको विन्दवासिनी गाउँपालिकामा विवादका कारण गाउँ कमिटी सचिव कमरेड मुकेश चौरसियाको निधन भएको कुरा यहाँहरुलाई जानकारी भएकै विषय हो । प्रदेश कमिटीले कुनै पनि विवादित कार्यक्रम नगर्न भने पनि त्यसको ठिक विपरीत कार्यक्रम हुनु र त्यसमा पनि नेताले ज्यान गुमाउनुपर्ने यो स्थिति दुःखद हो । प्रहरी प्रशासनले कमरेड मुकेशको हत्या भएको यति दिन भइसक्दा पनि जाहेरी दर्ता नगर्नु त्यसभन्दा दुःखद कुरा हो । घटना जस्तो जघन्य अपराधको विषयमा राज्य संवेदनहीन भएर प्रस्तुत हुन मिल्दैन’ अध्यक्ष साहले भने, ‘तर म स्पष्ट पार्न चाहन्छु कि अब कमरेड मुकेशको हत्याको जाहेरी दर्ता हुन्छ । उहाँको हत्यारा पानीमुनि गएर लुकेपनि कसैले बचाउन सक्दैन । र कोही पनि निर्दोषलाई फसाउने मनसाय पनि पूरा हुन दिन्नौ । हामी सोही अनुसार छलफलमा छौँ ।’

‘पार्टीभित्रको आन्तरिक विवादको कारण त्यस्तो भएको हो भनेर भनिएको छ । हामी छलफलमा छौँ । अबको दुई तीन दिनभित्र यसको हल निस्किन्छ । तर मृतकको लास त्यस्तै राख्ने काम ठिक हुँदैन । राज्य पक्षले यसको संवेदनशीलता बुझ्नु जरुरी छ उनले थपे ।

गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...