पुरानै शैलीमा फर्काएको रानीपोखरी



हाम्रो इकोनोमि

 

राजा प्रताप मल्लले विसं. १७२७ मा रानीपोखरी निर्माण गराउँदा सायदै अहिलेको पुनर्निर्माण गर्नभन्दा कम समय लगाए होलान् । कात्तिक ५ गते राष्ट्रपतिको हातबाट उद्घाटन गराउनुअघि रानीपोखरी पुनर्निर्माणको विषयमा संस्कृतिप्रेमी अभियन्ताहरु, काठमाडौँ महानगरपालिका र सरकारी तहमा व्यापक किचलो भयो ।

२०७२ सालको भूकम्पले रानीपोखरीमा पनि सामान्य असर गरेपछि पुनर्निर्माण गर्ने भनियो । भूकम्प गएकै सोही वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिन राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुगेर पुनर्निर्माणको महाअभियान शिलान्याश गरेकी थिइन् । तर रानीपोखरी पुनर्निर्माणको जिम्मा कसलाई दिने भन्ने टुङ्गो नलाग्दा १ वर्षसम्म अन्योल कायम रहेको थियो ।

२०७३  सालमा काठमाडौँ महानगरपालिकालाई रानीपोखरी पुनर्निर्माणको जिम्मा दिइयो । तर बालगोपालेश्वर महादेवको मन्दिर बनाउन सिमेन्ट बालुवा र रड प्रयोग गरेर पिल्लर उठाएपछि चौतर्फी विरोध भएको थियो । मन्दिर बनाउने जिम्मा पुरातत्त्व विभागले र पोखरी मात्र बनाउने जिम्मा महानगरपालिकाले लियो ।

महानगरपालिकाले पोखरी छेउमा बगैँचा, कफी सपसहित आधुनिक निर्माण सामग्रीबाट अत्याधुनिक पोखरी निर्माण गर्ने डिजाइन गरेर  ६ करोड २९ लाख रूपैयाँमा पोखरी पुनर्निर्माणको ठेक्का दिएको थियो । तर कङ्क्रिट प्रयोग गर्दै मौलिकता नासिनेगरी पोखरी बनाउन लागेपछि संस्कृतिप्रेमी अभियन्ताले विरोध गरेका थिए ।

२०७४ साल पुुस ११ गते रानीपोखरीमा उपयमेरको नेतृत्वको टोलीले ताला लगाइदियो भने त्यसको १ घण्टापछि मेयर शाक्य पुगेर ताला काटिदिएका थिए । त्यसपछि रानीपोखरी पुनर्निर्माणको विवाद उत्कर्षमा पुगेको थियो ।
त्यसपछि कङ्क्रिट भत्काउने निर्णय भयो । पर्खाल लगाइएको क्रङ्क्रिट लगाउन र भत्काउन मात्रै ७ करोडभन्दा बढी क्षति हुन पुग्यो । रानीपोखरी निर्माणमा भएको हेलचेक्र्याइँको विरोध गर्दैै २०७५ असारमा सम्पदाप्रेमीहरुले महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीबाट काटेर लगेको घाँस उपहार दिएका थिए ।

पुरातत्त्व विभागले बालगोपालेश्वरको मन्दिर निर्माण थालेपछि फेरि अर्को विवाद सुरु भएको थियो । मन्दिर गुम्बज शैलीमा नबनाएर मल्लकालीन बेलामा निर्माण भएको ग्रन्थकुट शैलीमा बनाउनुपर्ने माग उठ्यो र काम रोकियो ।

२०७५ माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । त्यसपछि सोही वर्ष फागुनमा प्राधिकरणले रानीपोखरी पुनर्निर्माणका लागि ७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रमान श्रेष्ठको संयोजकत्वमा डा. प्रेमनाथ मास्के, पुरातत्व विभागका महानिर्देशक लगायत रहेका थिए । यो समितिलाई अनुगमन, सहजीकरण र समन्वय गर्ने भनिएको थियो ।

सो समितिले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा नभएर मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्ने टुङ्गो लगाएको थियो । २०७२ सालमा राष्ट्रपतिले निर्माणको उद्घाटन गरेको पाचौँ वर्ष सुरु भएपछि बल्ल पुनर्निर्माणको काम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...