बालुवाटार छिरे प्रचण्ड, ओलीसँग कुरो मिलेन



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मत बाझिएको छ ।

कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटघाटका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रदेशको विवाद समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, प्रचण्डले चाहिँ प्रदेशको विवाद प्रदेश कमिटीले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षको मत बाझिएको हो ।

प्रदेश सरकार भनेको र संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको तर प्रचण्डले नमानेको स्रोतले अनलाइनखबरलाई बतायो ।

संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किएको एक नेताले बताए ।

यसअघि गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीका नेताहरुसँग भेटघाट गर्दा प्रचण्डले पहिल्यै छलफल भइसकेको भन्दै सहभागिता जनाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...