अत्यावश्यक नभई बाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध



हाम्रो इकोनोमि

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरसको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा हुने धेरै चहलपहलले महामारी झनै प्रसार हुने भन्दै सचेत हुन अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । त्यस्तै, प्रशासनले आफैं बजार अनुगमनमा गएर स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही पनि गर्दै आएको छ । यसैबीच प्रशासनले सर्वसाधारणलाई समेत अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस
नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...