जुवाबाट लाखौं असुल्दै प्रहरी



हाम्रो इकोनोमि

 

कोरोना महामारीको बेलामा पनि जुवा खालहरु बन्द भएका छैनन् । दशैं सुरु भएपछि विभिन्न जिल्लामा जुवाडे पक्राउ गर्ने क्रम बढेको छ ।

तर, कतिपय सहरमा भने प्रहरीकै संरक्षणमा ठूला जुवाखाल चलिरहेका छन् । खासगरी पेशेवेर जुवाडेले प्रहरीसँग सेटिङ मिलाएर धन्दा चलाइरहेका छन् । त्यस्ता पेशेवरमध्ये एक हुन् बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्ल । उनले जुवाकै धन्दाबाट करोडौं कमाएको स्रोत बताउँछ ।

कुनै समय निम्न आर्थिक अवस्था भएका उनले अहिले नेपालगञ्जको स्नेहा होटलको मिनीक्यासिनोमा समेत लगानी गरेका छन् । त्यस्तै काठतस्करी र अवैध क्रसरमा पनि उनले लगानी गरेका छन् । उनको मुख्य आम्दानीको स्रोत भनेको जुवाबाट आर्जित अवैध धन नै हो ।

बिनोद खड्का, दीपक थापामगरलगायतसँग मिलेर उनीहरुले नेपालगञ्जको भृकुटीनगरमा जुवा खेलाउने गर्दछन् । नेपालगञ्जकै ठूला व्यापारीहरु आउने सो जुवामा दिनमै करोडको हारजित हुने गरेको छ । मल्लले मिटरब्याजमा पैसा लगाएर दिनमै लाखौं कमाउने गरेको स्रोत बताउँछ । सो समूहमा मोहित शाह र हलिम साहसमेत संलग्न रहेको स्रोत बताउँछ । उनीहरुको अड्डामा जुवा खेल्न दाङ, बर्दिया तथा कैलालीका व्यापारीहरु समेत आउने गर्दछन् ।

प्रहरीसँग सेटिङ भएकाले पक्राउ नपर्ने हुँदा ठूला व्यापारीहरु उनीहरुको जुवाखालमा जम्मा हुने गरेका छन् । बेला बेला जुवा अखडा परिवर्तनसमेत गर्दै आएको स्रोत बताउँछ ।

नेपालगञ्जमा जुनसुकै एसपी आएपनि उनीहरुले सेटिङ मिलाउने गर्दछन् । अहिलेका एसपी ओम रानासँग समेत सेटिङ भइसकेको स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय, बाँकेका इन्सपेक्टर सुरजजंग क्षेत्री तथा सई माधव रिजालमार्फत उनीहरुले सेटिङ मिलाएका हुन् । वडा प्रहरी कार्यालयका हालै सरुवा भएका इन्सपेक्टर डिल्ली बहादुर खड्कालाई समेत उनीहरुले हात लिइसकेका छन् । प्रहरीलाई नै मासिक १० लाखसम्म उनीहरुले खर्च गर्ने स्रोत बताउँछ । जसमध्ये पाँच लाख एसपीलाई दिने गर्दछन् । तीन लाख घुमुवालाई र दुई लाख वडा प्रहरी कार्यालयका प्रहरीलाई बुझाउने गर्दछन् । जसकारण घुमुवाहरु नै उनीहरुको सेन्ट्री बस्ने गरेका छन् । स्रोतका अनुसार उनीहरुले प्रदेश डिआईजी रबिन्द्र धानुकसँग समेत सेटिङ मिलाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...