नेकपाका सांसदहरुले पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।

उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी भएको छ । ‘व्यक्तिगत रुपमा फिर्ता गराउने भन्दा पनि संस्थागत निर्णय गर्ने तयारीमा जुटेका छौं’, उनले भने ।

नेकपाका सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने गृहकार्यमा प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराई खटिएका छन् । ‘प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । दसैँ भत्ता कोरोना उपचारमा खर्च हुनेगरी फिर्ता गर्छौं’, प्रमुख सचेतक भट्टराईले भने ।

नेपाली का‌ंग्रेसले पनि सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने निर्णय गरिसकेको छ । यसअघि नेकपाका केही सांसदहरुले दसैं भत्ता फिर्ता गरिसकेका छन् । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...