नेकपाका सांसदहरुले पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।

उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी भएको छ । ‘व्यक्तिगत रुपमा फिर्ता गराउने भन्दा पनि संस्थागत निर्णय गर्ने तयारीमा जुटेका छौं’, उनले भने ।

नेकपाका सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने गृहकार्यमा प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराई खटिएका छन् । ‘प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । दसैँ भत्ता कोरोना उपचारमा खर्च हुनेगरी फिर्ता गर्छौं’, प्रमुख सचेतक भट्टराईले भने ।

नेपाली का‌ंग्रेसले पनि सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने निर्णय गरिसकेको छ । यसअघि नेकपाका केही सांसदहरुले दसैं भत्ता फिर्ता गरिसकेका छन् । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...