सञ्चारमन्त्री गुरुङ र पत्रकारबीच छलफल



हाम्रो इकोनोमि

 

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले संचार क्षेत्रको हित हुने गरी संचार सम्वन्धी नीति, कानून र संरचना निर्माण गरिने बताउनु भएको छ । सञ्चारमन्त्री भएपछि सफल कार्यकाल शुभकामना व्यक्त गर्न सिंहदरवार पुगेको नेपाल पत्रकार महासंघसँगको टोलीसँग उहाले स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पार्नुभयो ।

महासंघको प्रतिनिधि मण्डलले संचारमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...