गृह सचिव न्यौपाने सुरा र सुन्दरीको नसामा रकम असुल्दै



 

गृह प्रशासन पछिल्लो समय सुस्ताएको छ । गृह मन्त्रालयले मातहतका निकायलाई चलायमान बनाउन गृह सचिव अनुभवि प्रशासन चाहिन्छ भन्ने कुरा गृहको गतिविधि नियाल्ने पूर्व प्रशासकहरुले आफ्नो धारणा व्यक्त गर्न थालेका छन् ।
प्राप्त जानकारी अनुसार गृहसचिव महेश्वर न्यौपाने गृह मन्त्रालयमा प्रवेश भएसँगै शसस्त्र प्रहरी बल र जनपथ प्रहरीका महानिरीक्षकहरुलाई बोलाएर हप्कीदप्कीमा उत्रिएका न्यौपानेका कार्य प्रारम्भको पहिलो दिनलाई नै पहिलो गाँसमै ढुँगा परेको अनुभव गरिएको थियो ।
यतिबेला लामो समय लकडाउन र कोभिड–१९ ले समग्र क्षेत्र थङथिलो भएकोले पनि सरकारको चौतर्फी आलोचना भैरहेको छ । साँच्चै गृहसविच चलायमान थिए भने उनले मन्त्रालयभित्र सवल नेतृत्व दिँदै देशभरका प्रमुख जिल्ला अधिकारीलाई नयाँ योजनाका साथ सक्रिय पार्न सक्थे । यद्यपि सचिवको नेतृत्वदायी अनुभूति गर्न नपाउँदा पनि आ–आफ्नै कार्यशैली अनुसार प्रमुख जिल्ला अधिकारी सक्रिय भैरहेकै छन् । लकडाउनका बखत धेरै प्रमुख जिल्ला अधिकारीहरुले पटक पटक ताकेता गर्दा समेत गृहको प्रशासनिक आदेश नपाउँदा दोधारमा मात्र परेनन् तत्काल सुरक्षा संयन्त्र प्रयोग गर्न नसक्दा सरकारले चौतर्फी आलोचना खेप्नु परेको छ । देश संवेदनशिल अवस्थामा गुज्रिरहेको छ । लकडाउनका बेला उपत्यका भित्र बाहिर गर्ने सवारी साधनको मापदण्ड बनाउन नसक्दा एकातिर सरकार बद्नाम बन्दै थियो भने अर्कोतिर गृहसचिव न्यौपानेले रात्रीबस उपत्यका बाहिर पठाउने नाममा एक जना विक्कि गुरागाईं नाम भएका विचौलिया खटाई दैनिक पास वापत् एक लाखका दरले आफूँले पाउने गरी परिचालन गरेका थिए ।
कारण विदेशबाट आएका नेपालीहरुलाई जिल्ला जिल्लामा पठाउँदा सरकार ठुलै आलोचनाको शिकार बन्नुप¥यो । उपत्यका बाहिर पठाउँदा र उपत्यका भित्र्याउँदा गृह मन्त्रालयको प्रशासन संयन्त्र मौन बस्नु नै सचिवको विचौलिया परिचालनको प्रभाव हो भनिएको थियो । यतिबेला गृह मन्त्रालय सचिव मातहतका सहसचिवहरु कसैलाई पनि सचिव न्यौपानेले कुशल नेतृत्व प्रदान गर्न सकेका छैनन् यद्यपि गृहको अनुभवहीन न्यौपाने प्रधानमन्त्री केपी ओलीको सचिवालयका कतिपयलाई चाकडी र चाप्लुसीमा लम्पसार परेको सन्दर्भहरु पनि गृह मन्त्रालयका सहसचिव तहका कर्मचारीहरुबीचमा चर्चा हुने गरेको छ ।
कस्तो थियो सचिव न्यौपानेको विगत ? श्रोतका अनुसार उद्योग विभागका महानिर्देशक पदमा कार्यरत रहँदा एनसेलको लाभाशं असुल गर्ने चर्चा चलिरहँदा राजस्व दाखिलातिर ध्यान नदिई ६० लाखको लोभमा मन्त्रालयलाई समन्वय नै नगरी कम्पनी रजिष्टारको कार्यालयलाई एनसेलकोे पक्षमा पत्राचार गरेका थिए । पूर्वमन्त्री महेश बस्नेतलाई भक्तपुर घर भएको बायोडाटा पेश गरेर महानिर्देशक बनेका उनले विभागमा रहँदा विभिन्न टे«ड मार्क दिने नाममा राम्रै थैली जम्मा गरेको चर्चा छ । उद्योग विभागमा रहँदा विभिन्न उद्यमीहरुसँग असुलेको रकम र एनसेलको थैलीले बालुवाटार क्षेत्रमा एक आकर्षक घर समेत खरिद गर्न सफल भएको उनलाई नजिकिबाट चिन्नेहरु बताउँछन् । उद्योगमा बस्दा उनले गरेका अनियमितताका बारेमा अख्तियारमा उजुरी समेत परेको भएपनि त्यो उजुरी आफूँ सचिव भएर अख्तियारमा बस्दा सबै मिलाएको चर्चा समेत चल्ने गरेको छ ।
गृहसचिव न्यौपानेको विगत के हो ? भक्तपुर झौखेल न्यौपाने टोलका पूर्वसचिव कांग्रेसी वामनप्रसाद न्यौपानेका भतिजो खाट्टी कांग्रेसी भनेर चिनिने महेश्वर न्यौपाने कसरी एकाएक गृहसचिव भए रु उनका विगत चिन्नेहरु न्यौपाने टोलका वापमन्थीहरु आश्चर्यमा परेका छन् । झौखेल न्यौपाने टोलका सामान्य परिवारका सदस्य महेश्वरले आज त्यो न्योपाने टोललाई विर्सिसकेका छन् । तर उनी काठमाडौमै लामो समयदेखि बसोबास गर्छन् तर अवसर लिनका लागि पुरानो खाँट्टी कांग्रेसी सदस्यताका बारेमा मौन बस्दै वामपन्थीको दुई तिहाई भित्र छिर्न सफल भएका छन् । भक्तपुर क्षेत्र नं। २ का माननीय महेश बस्नेतले आफूँ उद्योगमन्त्री हुँदा भक्तपुर भएकै नाताले उद्योग विभागमा महानिर्देशक बनाएपछि न्यौपानेका विरुद्ध ठुलै दबाब आएपछि मात्र उनी कांग्रेसी भएको जानकारी पाएपनि तत्कालिन मन्त्री बस्नेत मौन बसेका थिए । यसरी विगत देखि नै कांग्रेसी बायोडाटा बोकेका न्यौपाने अहिले गृहमा सेटिङ्ग चलाईरहँदा कस्को सिफारिस ग¥यो होला ? न्यौपाने टोलका वामपन्थीहरु यतिबेला विगतमा उनीसँग सैद्धान्तिक धारमा लडाई गर्नुको कुनै अर्थ रहेन भन्न थालेका छन् ।
अनुभवहीन सचिव न्यौपाने अनुभव र कार्यक्षमता नभएका सचिव न्यौपाने चाकडी र चाप्लुसीमा भने माहिर मानिन्छन् । उनको कार्यशैली ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानसँग उनको दैनिकी मेल खाएको उनका कामसँग ठोक्किने मन्त्रालयका उच्च तहका कर्मचारीको भनाई छ । पछिल्ला दिनहरुमा सचिव न्यौपाने गृह मन्त्रालयमा सहसचिवहरु र जिल्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समन्वय गरेर काम गर्नुभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पुगिरहन्छन् ।
सचिवालयमा पुगेलगत्तै जो भेटेपनि म पुरानो वामपन्थी भन्छन् फेरी एकछिन् रोकिन्छन् किनकी भित्री कांग्रेसी भएको थाहा पाउने कोही छ कि भनेर वरिपरि हेर्दै झस्किन्छन् पनि । समाचार स्रोतका अनुसार दारु, भारु र स्त्री लम्पट स्वभावका सचिव अख्तियारमा हुँदा नगरकोट र पोखराको होटलमा गरेको हर्तकका बारेमा उजुरी परेपनि ती उजुरी शक्तिकै आडमा सामसुम भएसँगै सचिव न्यौपानेको पछिल्लो ध्यान प्रहरी सरुवा, बढुवा जस्ता विषयमा भान्जालाई प्रयोग गरिरहेकै छन् । सरुवा बढुवाबाट करोडौं असुली सकेका न्यौपानेका कर्महरुका सन्दर्भ प्रधानमन्त्रीको सचिवालयमा हेक्का नभएर हो या यिनको चाकडीको तेलले छोपेको हो ? झौखेल न्यौपाने टोलका एक वामपन्थी कार्यकर्ताको प्रश्न पेचिलो छ । न्यौपानेको पछिल्लो चुरीफुरी नियालिरहेका न्योपाने टोलका एक बालसाखाले हाम्रो छिमेकी महेश्वरको अहिले काठमाडौमा ४ वटा घर कसरी बन्यो ? अख्तियार बसेर आफैँले चोख्याएर हुन्छ ? यिनलाई कारबाही हुँदैन ? नुवाकोटको क्रसर उद्योगहरुसँग सेटिड मिलाएर ३० लाख लिएको स्रोतको दाबी छ । स्थानिय प्रहरीलाई महिनाको ४० हजारमा सेटिड मिलाएपनि पैसा थोरै भएकोले उनिहरुको चित्त भने नबुझेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्