दसैं मान्न घर हिडेका ५ जनाको जिप दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

उदयपुरको कटारीमा गए राति जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

शनिबार राति करिब १ बजे कटारी नगरपालिका १४ भदौरेमा बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप सडकबाट तल खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जीप सडकबाट करिब एक किलोमिटर तल पुगेको छ।

ज्यान गुमाउनेमा चार पुरुष र एक महिला छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मे सार्कीको मात्रै पहिचान भएको छ।

दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

भैरहवाबाट दसैंको लागि गाडी रिजर्भ गरेर ओखलढुंगा घर फर्किंदै गरेका यात्रु सवार जीप अप्ठ्यारो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

जीपका यात्रु भारतबाट दसैं मान्न भैरहवा नाकाबाट स्वदेश फर्किका थिए।

घाइते तीन जनालाई कटारीमा सामान्य उपचार गरी थप उपचारको लागि विराटनगर लगिएको छ।

गण्डकी टाइम्स –

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...