दसैं मान्न घर हिडेका ५ जनाको जिप दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

उदयपुरको कटारीमा गए राति जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

शनिबार राति करिब १ बजे कटारी नगरपालिका १४ भदौरेमा बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप सडकबाट तल खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जीप सडकबाट करिब एक किलोमिटर तल पुगेको छ।

ज्यान गुमाउनेमा चार पुरुष र एक महिला छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मे सार्कीको मात्रै पहिचान भएको छ।

दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

भैरहवाबाट दसैंको लागि गाडी रिजर्भ गरेर ओखलढुंगा घर फर्किंदै गरेका यात्रु सवार जीप अप्ठ्यारो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

जीपका यात्रु भारतबाट दसैं मान्न भैरहवा नाकाबाट स्वदेश फर्किका थिए।

घाइते तीन जनालाई कटारीमा सामान्य उपचार गरी थप उपचारको लागि विराटनगर लगिएको छ।

गण्डकी टाइम्स –

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...