प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, डीएसपीसहित ४० बढी घाइते



हाम्रो इकोनोमि

 

सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेता/कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ ।

ठूलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता बलजफ्ती रुपमा जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि झड्प भएको हो ।

आउनेवित्तिकै उनीहरुले ढुँगामुडा गर्न थाले,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले भने, ‘उनीहरुले प्रहरी कार्यालयको झ्यालका सिसासमेत फुटाइदिएपछि बल प्रयोग गर्नुपरेको हो ।’ उनका अनुसार भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको प्रदेश सांसद वीरेन्द्र सिंहले जानकारी दिए ।

झाडू, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।

कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् । तर प्रदर्शनकारीले तोड्फोड गर्न थालेपछि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहार गर्नुपरेको डीएसपी कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...