क्लिन फिड लागू नगरे कारबाही : सञ्चार मन्त्रालय



हाम्रो इकोनोमि

 

सरकारले यही ७ कात्तिकभित्र क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न निर्देशन दिएको छ । विज्ञापन ऐन, २०७६ को दफा ६ (१)को अनुसार आउँदो ७ कात्तिकभित्र देशभर क्लिन फिड लागू गर्न सरकारले सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘७ कात्तिकभित्र विज्ञापनरहित रूपमा विदेशी च्यानल प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिसमेतको अवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गर्न गराउन सम्बन्धित संघसंस्थालाई अनुरोध गरिएको छ ।’

मन्त्रालयले क्लिन फिड लागू नभएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । यसअघि कोरोना महामारीको कारण देखाउँदै भारतीय ब्राेडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायतका संघसंस्थाले क्लिक फिड लागू गर्न थप म्याद मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...