क्लिन फिड लागू नगरे कारबाही : सञ्चार मन्त्रालय



हाम्रो इकोनोमि

 

सरकारले यही ७ कात्तिकभित्र क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न निर्देशन दिएको छ । विज्ञापन ऐन, २०७६ को दफा ६ (१)को अनुसार आउँदो ७ कात्तिकभित्र देशभर क्लिन फिड लागू गर्न सरकारले सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘७ कात्तिकभित्र विज्ञापनरहित रूपमा विदेशी च्यानल प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिसमेतको अवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गर्न गराउन सम्बन्धित संघसंस्थालाई अनुरोध गरिएको छ ।’

मन्त्रालयले क्लिन फिड लागू नभएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । यसअघि कोरोना महामारीको कारण देखाउँदै भारतीय ब्राेडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायतका संघसंस्थाले क्लिक फिड लागू गर्न थप म्याद मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...