सांसद प्रभु साहले पूर्वाधार निर्माण कार्यको अनुगमन गरे



हाम्रो इकोनोमि

 

रौतहट क्षेत्र नम्बर ३ का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटमा जारी शहरी विकास लगायतका पूर्वाधार निर्माण कार्यको अनुगमन गरेका छन् ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, खासगरी सहरी विकास मन्त्रालयबाट निर्माणाधिन परियोजनाको प्रगति बुझ्न सांसद साह जिल्लाको विभिन्न ठाउँमा पुगेका हुन् । जिल्लाको मौलापुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिकामा निर्माणाधीन सडक, नाला, भवनलगायतको पूर्वाधारको प्रगति बुझ्न पुगेका सांसद साहले निर्माण कार्यमा भएको ढिलाईप्रति आक्रोशित बनेका थिए ।

सांसद साहले ठेक्केदारलाई गुणस्तरमा ध्यान दिन तथा समयमै काम सक्न निर्देशन दिए । आफुले मिहिनेत गरेर परियोजना सुरु गराएको तर काममा ढिलाई हुँदा दुखी भएको प्रतिक्रिया दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले भने, ‘स्थानीयकै संलग्नतामा डिपिआर गराएर, करोडौंको योजना गराएका हौं तर मुल ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा लगाएर कामको गतिलाई रोकिदिएको छ । पेटी ठेकेदाले चोर शैलीमा पैसा जोगाउन कमसल काम गर्ने गरेको छ । यो प्रवृत्ति रहुन्जेल विकास सम्भव छैन । यस्ता प्रवृतिलाई अन्त्य हुनुपर्छ ।’

‘रौतहटका गाउँ गाउँमा सडक, नाला, पुललगायतका पूर्वाधार निर्माण गर्ने अभियान कसैले चाहदैमा रोकिदैन । तर यसका लागि जनताको सक्रियता जरुरी छ’ सांसद साहले भने, ‘यसका लागि गुणस्तरीय काम गर्न ठेकेदारलाई सबै पक्षले दबाब दिनुपर्छ ।’

अनुगमनमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आवश्यक पर्ने सबै परिस्थितिमा रचनात्मक भुमिका खेल्न आफु सधै तयार रहेको बताए ।

रौतहटमा मौलापुर, गरुडा, कटहरीया, गौर तथा चन्द्रपुरमा सहरी विकासका परियोजनाहरु संचालनमा छन् । सहरी विकास मन्त्री रहेका बेला सांसद साहले रौतहट सहित देशैभर सहरी पूर्वाधार निर्माणको जग बसालेका थिए ।

अनुगमनमा सहरी डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर रंजन दास, सम्बन्धित ठेकेदार, नेता एवम् स्थानीय सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...