गरिबी निवारणको ११ करोड लुकाउने अख्तियारको कब्जामा



हाम्रो इकोनोमि

 

रिबी निवारण कोषको जिन्सी सामान हिनामिना तथा ११ करोड रूपैयाँ  लुकाएर भ्रष्टाचार गर्नेमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

यो प्रकरणमा संलग्न कोषका तत्कालीन कार्यकारी निर्देशक नहकुल केसीलगायतसँग बयान लिएको अख्तियारले यससँग जोडिएकी अर्की पात्र  रोस्लिना महर्जनलाई पनि बयानका लागि बोलाएको छ । आयोगले ०७७ असोज २५ गते सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका–३ स्थायी ठेगाना भई अहिले बानेश्वर बस्दै आइरहेकी महर्जनलाई बयानमा बोलाएको हो । अख्तियारले उनलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । तोकिएको समयमा उपस्थित नभए कानूनअनुसार प्रक्रिया अघि बढ्ने आयोगले प्रष्ट पारेको छ ।

गरिबी निवारणका लागि स्थापना भएको कोषमा तत्कालीन कार्यकारी निर्देशक केसीले गोरखधन्दा चलाएका थिए । उनले जिन्सी सामान हिनामिना गर्नुका साथै सुनील रिजाल र आफ्नो नाममा एनसीसी बैंकमा संयुक्त खाता खोली ११ करोड रकम लुकाएका थिए । यसबारे उजुरी परेपछि अहिले अख्तियारले यससँग जोडिएकामाथि बयान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...