गरिबी निवारणको ११ करोड लुकाउने अख्तियारको कब्जामा



हाम्रो इकोनोमि

 

रिबी निवारण कोषको जिन्सी सामान हिनामिना तथा ११ करोड रूपैयाँ  लुकाएर भ्रष्टाचार गर्नेमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

यो प्रकरणमा संलग्न कोषका तत्कालीन कार्यकारी निर्देशक नहकुल केसीलगायतसँग बयान लिएको अख्तियारले यससँग जोडिएकी अर्की पात्र  रोस्लिना महर्जनलाई पनि बयानका लागि बोलाएको छ । आयोगले ०७७ असोज २५ गते सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका–३ स्थायी ठेगाना भई अहिले बानेश्वर बस्दै आइरहेकी महर्जनलाई बयानमा बोलाएको हो । अख्तियारले उनलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । तोकिएको समयमा उपस्थित नभए कानूनअनुसार प्रक्रिया अघि बढ्ने आयोगले प्रष्ट पारेको छ ।

गरिबी निवारणका लागि स्थापना भएको कोषमा तत्कालीन कार्यकारी निर्देशक केसीले गोरखधन्दा चलाएका थिए । उनले जिन्सी सामान हिनामिना गर्नुका साथै सुनील रिजाल र आफ्नो नाममा एनसीसी बैंकमा संयुक्त खाता खोली ११ करोड रकम लुकाएका थिए । यसबारे उजुरी परेपछि अहिले अख्तियारले यससँग जोडिएकामाथि बयान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...