माओवादी’का दुवै मूख्यमन्त्रीको पद धरापमा



हाम्रो इकोनोमि

 

सातमध्ये दुई वटा प्रदेशमा मात्र मूख्यमन्त्री पाएको ‘माओवादी’ पक्षले अब त्यही दुई प्रदेशको मूख्यमन्त्री पनि गुमाउने स्थिति उत्पन्न भएको छ । कर्णाली प्रदेशको सभामा कुल सदस्यमध्ये एमालेको बीस, माओवादीको तेह्र, काङ्ग्रेसको ६ र राप्रपाको एक सदस्य रहेकोमा एमाले कित्ताका पन्ध्र र माओवादीका तीनसहित अठार जनाले दस्तखत गरी मूख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव पारित हुने निश्चित गरेर मात्र सदस्यहरूले दर्ता गराएका थिए, तर सत्तारुढ नेकपाको केन्द्रीय तहका नेताहरूबाट सो प्रकरणमा हस्तक्षेपकारी भूमिका शुरु भएको छ । जसअनुसार अविश्वास प्रस्तावको पक्षमा रहेका कतिपय प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएका बताइएको छ ।

तथापि, ‘एमाले’ नेता यमलाल कँडेलले मूख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने स्थिति आएमा ‘माओवादी’ पक्षको सुदूरपश्चिम प्रदेशमा मात्र मूख्यमन्त्री रहनेछ । तर कर्णाली प्रदेशको स्थितिलाई लिएर नेकपाका केही नेता गम्भीर भएका छन् र, मूख्यमन्त्रीलाई सच्चिएर अघि बढ्ने मौका दिँदै तत्कालका लागि अविश्वासको प्रस्ताव फिर्ता गराउने प्रयासमा गत आइतबारदेखि नै लागिपर्दै आएका छन् । तर, अहिले प्रस्ताव फिर्ता भए पनि तनाव फिर्ता नहुने अवस्था छ ।

एक विश्वस्त सुत्रले जनाएअनुसार सुदूरपश्चिमका मूख्यमन्त्रीविरुद्ध पनि अविश्वासको प्रस्ताव प्रस्तुत गर्नेबारे नेकपाका सदस्यहरू बीच छलफल शुरु भएको छ । कुनै पनि दिन सुदूरपश्चिमका मूख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्ताव आएमा आश्चर्य मान्नुपर्ने हुँदैन । उक्त प्रदेशको सभामा माधवकुमार नेपालका समर्थकहरूको बलियो पकड भएकोले प्रचण्डले माधव नेपाललाई भनेर अविश्वासको सम्भावित प्रस्ताव रोकाउने अनुमान कतिपयको छ । यदि नेपालले त्यहाँ हस्तक्षेप गर्नुभएन भने सुदूरपश्चिम प्रदेशमा पनि अविश्वास प्रस्ताव दर्ता हुने र ‘माले’ कित्ताकै नेताले मूख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित छ । त्यसो भएमा देशका सातमध्ये ६ प्रदेशको मूख्यमन्त्री ‘एमाले’को हुनेछ ।

प्रदेश २ मा मात्र भिन्न अर्थात् मधेशकेन्द्रित समूहको सरकार रहने देखिएको छ । तर, माधवकुमार नेपालको विश्वास नलिइकन मूख्यमन्त्री परिवर्तनको प्रयास गरिँदा एक नं. प्रदेश र बागमतीका मूख्यमन्त्री केपीले गुमाउन सक्ने र ती स्थान माधव नेपालसमर्थकले पाउने सम्भावना छ ।

यसरी मूख्यमन्त्रीहरू समेत खोसिन थालेपछि प्रधानमन्त्री केपी र प्रचण्डबीच शुरु भएको तनाव अब उत्कर्षमा पुग्न सक्नेछ । यसपटक शुरु भएको विवादले पार्टीमा धु्रवीकरण तीव्र बनाउने र अन्त्यमा एकता भङ्ग हुने सङ्केतहरू देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...