सोती घटनामा संग्लन ८ जनालाई छाड्न उच्च अदालतको आदेश



हाम्रो इकोनोमि

 

गत १० जेठमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संग्लन ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश गरेको छ ।

घटनामा संग्लन उच्चले रुकुमपश्चिम अदालतको आदेशमा थुनामा रहेका ३६–४० र ३६–३९, लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनलाई छोड्न आदेश समेत दिएको हो ।

आइतबार राति ११ बजे उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छाड्न आदेश दिएको छ ।

रुकुम जिल्ला अदालतले ८ असारमा गरेको बेरितको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा घटनामा संग्लन परिवारका सदस्यहरुले रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतले ८ असारमा रुकुमपश्चिम जिल्ला अदालतले गरेको आठ जनाको बेरितको आदेश बदर गरेको उच्च अदालत सुर्खेतले जनाएको छ ।

८ असोजदेखि सुरु भएको बहसपछि उच्च अदालत सुर्खेतले आइतबार राति ११ बजे मात्र फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका ६ जना र दुई जना किटानी जोहीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको अदालतले जनाएको छ ।

रुकुमपश्चिमको सोती घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भावलगायतको अभियोगमा रुकुमपश्चिम अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रुपमा मुद्दा दर्ता भएको थियो ।

आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले १० असारमा पूर्वपक्षका लागि थुनामा पठाएको थियो ।

सोती घटनामा संलग्नभएको आरोपमा २९ जनालाई पक्राउ गरेकोमा अदालतले दुई जनालाई सुधार गृहमा पठाउन आदेश दिएको थियो ।

यस्तै तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...