नयाँ मन्त्रीका लागि नामावली छनोट : गोकुल बाँस्कोटादेखि मात्रिका यादवसम्म



हाम्रो इकोनोमि

 

महिनौंदेखि मन्त्रिमण्डल पुनर्गठनको विषय चर्चामा आए पनि आजसम्म त्यसले मूर्तरूप लिन सकेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ जसो हुने भेट पनि त्यसैमा केन्द्रित हुने गरेको धेरै भइसक्यो । तर,दुबै अध्यक्ष आफ्नै अडानमा रहेको कारण ‘भ्यागुताको धार्नी’ कहिल्यै नपुगेको बताइन्छ ।

आज पनि दुई जना अध्यक्षबीच बालुवाटारमा स्थायी कमिटी बैठकले कार्यविभाजन र सहकार्यको आधार बनाएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो २७ दिनमा ११ पटक एक्लाएक्लै भेट भयो ।

मन्त्रिमण्डल पुनर्गठन भन्दै दाहालले प्रधानमन्त्रीलाई एउटा लिष्ट नै दिएको स्रोतको दाबी छ । लिष्टमा अध्यक्ष दाहालले पूर्व एमाओवादीको तर्फबाट भन्दै आठ जनाको नाम दिए । जसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री वीना मगरलाई कायम राख्नुपर्ने उल्लेख छ ।

नयाँ मन्त्रीका लागि पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ्गको नाम सिफारिश गरिएको छ । तर, तीमध्ये चार जनाप्रति प्रधानमन्त्री ओलीले चर्को असन्तुष्टि पोखेपछि दाहाल अप्ठेरोमा परेको अनुमान गरिएको छ ।

प्रधानमन्त्रीले दाहाललाई लिष्टमा उल्लेख गरिएकामध्ये चार जनाको नामा हटाएर अरु नै चार जना थप्न पटक पटक आग्रह गरेको बताइन्छ । प्रधानमन्त्रीले स्पष्ट रूपमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट र प्रभु साहको नाम पूर्व एमाओवादीको लिष्टमा एडजष्ट गर्न भनेका छन् ।

यता, दाहाललाई सुनाउँदै पूर्व एमालेको तर्फबाट प्रधानमन्त्रीले प्रस्तुत गरेको सूचीअनुसार नयाँ बन्ने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटा रहेका छन् । तर, प्रधानमन्त्रीले प्रस्तुत गरेको मन्त्रीको सूचीलाई लिएर दाहालले केही पनि प्रतिक्रिया उल्लेख नगरेको स्रोतको दाबी छ ।

त्यसक्रममा प्रधानमन्त्रीले अहिलेका मन्त्रीमध्ये अनिवार्य रूपमा दुई जनालाई तत्काल हटाउनुपर्ने बताएका थिए । पहिलो चरणमै हटाउनुपर्ने मन्त्रीहरूको सूचीमा कृषि मन्त्री घनश्याम भुसाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम सबैभन्दा अगाडि रहेको छ । यी दुई जनालाई कुनैपनि हालतमा मन्त्री पदमा निरन्तरता दिन प्रधानमन्त्री अनिच्छुक रहरेको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमसँग हिजो गरेको भेटको सूचना बाहिरिएसँगै आज गौतम पत्नी तुलसा थापाको नाम मन्त्रीमा राखेर त्यतैबाट आउनुलाई ‘बाघ कराउनु र बाख्रा हराउनु’ को संयोग मात्र मान्न नसकिने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...