रौतहटमा चर्को स्वरमा संचालन गरिने डिजे साउन्डमाथि प्रतिबन्ध



हाम्रो इकोनोमि

 

जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा संचालन गरिने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आदेश जारी गरी कुनै पनि कार्यक्रममा दिजे बजाउन प्रतिबन्ध लगाएका हुन् । रौतहटमा धार्मिक, सामाजिक एवम् राजनीतिक लगायतका कार्यक्रममा चर्को स्वरमा डिजे बजाईदा ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सदभावमा प्रतिकुल असर परेको र त्यसबाट दुर्घटना समेत निम्तिएकोले यस्तो कदम चालिएको प्रजिअ यादवको आदेशमा उल्लेख छ ।

जिल्ला सुरक्षा समिती, जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको संयुक्त बैठकले पनि रौतहट जिल्ला भित्र डिजे साउन्ड सिस्टम बन्देज गर्न सिफारिस गरेको थियो । डिजे साउन्ड सिस्टमले शान्ति सुरक्षा भंग हुने, समुदायमा बाधा विरोध र जनस्वास्थ्यमा गम्भीर असर हुने जिप्रका रौतहटको निष्कर्ष रहेकोले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख छ ।

प्रतिबन्ध लगाएपछि पनि डिजे साउन्ड सिस्टमको प्रयोग गरे सिस्टम जफत गरी कानुनी कारवाही गरिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...