रौतहटमा चर्को स्वरमा संचालन गरिने डिजे साउन्डमाथि प्रतिबन्ध



हाम्रो इकोनोमि

 

जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा संचालन गरिने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आदेश जारी गरी कुनै पनि कार्यक्रममा दिजे बजाउन प्रतिबन्ध लगाएका हुन् । रौतहटमा धार्मिक, सामाजिक एवम् राजनीतिक लगायतका कार्यक्रममा चर्को स्वरमा डिजे बजाईदा ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सदभावमा प्रतिकुल असर परेको र त्यसबाट दुर्घटना समेत निम्तिएकोले यस्तो कदम चालिएको प्रजिअ यादवको आदेशमा उल्लेख छ ।

जिल्ला सुरक्षा समिती, जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको संयुक्त बैठकले पनि रौतहट जिल्ला भित्र डिजे साउन्ड सिस्टम बन्देज गर्न सिफारिस गरेको थियो । डिजे साउन्ड सिस्टमले शान्ति सुरक्षा भंग हुने, समुदायमा बाधा विरोध र जनस्वास्थ्यमा गम्भीर असर हुने जिप्रका रौतहटको निष्कर्ष रहेकोले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख छ ।

प्रतिबन्ध लगाएपछि पनि डिजे साउन्ड सिस्टमको प्रयोग गरे सिस्टम जफत गरी कानुनी कारवाही गरिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...