ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनको सहमति



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको थियो।

दुई नेताबीच मन्त्री नियुक्ति तथा बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीच केही दिन भित्रै रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने सहमति भएको ती स्रोतको दावी छ ।

यस्तैगरी मन्त्रिमण्डल पुनर्गठन भने सकेसम्म दशैंपछि नत्र तिहारपछि हुने विषयमा सहमति नजिक पुगेको बताइएको छ । अहिले अर्थ, शहरी विकास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त छ ।  यस्तै पार्टी एकताको बाँकी कामलाई टुंगो लगाउने विषयमा पनि सहमतिको खाका लगभग तयार भैसकेको बताइन्छ ।

खासगरि पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो  ।  अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डेको नाम तयारी अस्थामा  थियो  । तर पाण्डेले आफु अर्थ बाहेक अरु मन्त्रालयमा नजाने स्पष्ट संकेत दिइसकेका छन् । उनले अर्थ बाहेक अन्य मन्त्रालयको ‘अफर ‘ नस्विकार्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...