कोरोनाले बालुवाटार सुनसान, प्रधानमन्त्री ओली स्वयम् कोरोनाको उच्च जोखिममा



हाम्रो इकोनोमि

 

नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् ।

बालुवाटार नेपालका प्रधानमन्त्रीको सरकारी आवास रहेको क्षेत्र हो, जहाँ अहिले मन्त्रिपरिषद बैठकदेखि सत्तारुढ पार्टीको सचिवालय वैठक तथा अन्य फाल्तु कार्यक्रम पनि हुने गरेका छन् ।

गत २ असोजमा मात्रै बालुवाटारभित्र एउटा पुस्तक विमोचन कार्यक्रम भएको थियो । पछिल्लोपटक प्रधानमन्त्रीले नवगठित मिडिया अलायन्सका पदाधिकारीहरुलाई सामूहिक भेटेका थिए ।

आफ्नो स्वास्थ्य अवस्था र पछिल्लो समयमा कोरोना संक्रमणको जोखिमले गर्दा प्रधानमन्त्री ओली हम्मेसी बाहिर निस्किँदैनन् । बेलाबखत राष्ट्रपति कार्यालय जानेबाहेक उनले सबै काम बालुवाटारभित्रैबाट गरिरहेका छन् ।

बालदिवस, सामाजिक सेवा दिवस, मानवअधिकार दिवस लगायतलाई उनले निवासबाटै भर्चुअल सम्वोधन गरेका थिए ।

सुखद पक्ष के छ भने, प्रधानमन्त्री बस्ने निवासमा ड्यूटी गर्ने सुरक्षाकर्मीलाई कोरोना देखिएको छैन । प्रमको पहिलो सुरक्षा घेरामा रहेकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाका सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रायः प्रधानमन्त्रीका साथमा रहने निकट सहयोगी राजेश बज्राचार्यमा पनि संक्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...