अनिश्चित बन्यो वामदेवको मुद्दा



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश क्वारेन्टिनमा बसेपछि नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दा अनिश्चित बनेकाे छ। राष्ट्रपतिले सरकारको सिफारिशमा नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै निवेदन दिएका थिए। प्रतिनिधिसभा निर्वाचनमा हारेका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन नहुने रिट निवेदनमा जिकिर गरिएको छ।

असोज ७ गते दुवै रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो। त्यस्तै, यो मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो।

त्यसपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित न्यायाधीशसहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको प्रसंवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको थियो। असोज १६ गते भएको सुनुवाइमा समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो भने अर्को सुनुवाइ असोज २१ गतेका लागि तोकिएको थियो।

सर्वोच्च अदालतका एक न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणासहित १६ न्यायाधीश क्वारेन्टिनमा बसेका छन्। आज तीन जनामात्रै न्यायाधीश सर्वोच्च अदालत पुगेका छन्।

त्यसैले आज दुई वटा मात्रै इजलाश तोकिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल र प्रकाशमान सिंह राउत तथा बमकुमार श्रेष्ठको संयुक्त इजलाश तोकिएको छ।

प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलाश भने आज तोकिएको छैन। जसले गर्दा आज गौतमको मुद्दामा सुनुवाइ नहुने भएको छ।

आज सुनुवाइ नहुने भएपछि उनको मुद्दा फेरि पछाडि धकेलिएको छ। अब प्रधानन्यायाधीशसहित न्यायाधीशहरु सर्वोच्च अदालत नफर्केसम्म गौतमको मुद्दामा सुनुवाइ नहुने भएको छ।

सर्वाेच्च अदालतका मुद्दामा फैसला नहुँदासम्म उनले राष्ट्रिय सभा सदस्यकाे हैसियतमा कुनै काम गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...