प्रचण्ड झन् झनै दिक्दार



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने समझदारी बनेपनि त्यसअनुरूपको व्यवहार नभएपछि हिजो बिहान अर्का अध्यक्ष प्रचण्डले आफू दिक्दार भएको बताउनुभएको छ । ‘जति भनेपनि र जस्तोसुकै सहमति गरेपनि वहाँको रवैयामा परिवर्तन नआएको’ भन्दै दाहालले निकटस्थहरूसँग दिक्दारी व्यक्त गर्न थाल्नुभएको हो ।

माउ जस्तो भएपनि बाच्छाबाच्छीले लुछ्न छाड्दैनन् भनेझैँ यता बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति बिरलै हुँदा उता खुमलटारमा भने नेता तथा कार्यकर्ताको भीड हुने गरेको छ । मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी समाचार बाहिरिएपछि वास्तविकता पत्ता लगाउन पनि प्रभावशाली नेता तथा कार्यकर्ताहरूको खुमलटार आवतजावत बाक्लिएको हो ।

स्रोतका अनुसार विष्णु पौडेल अर्थ मन्त्री बन्ने पक्का झैं भएको खुमलटारले समेत पुष्टि गरेको छ । पूर्व माओवादीको कोटामा जनार्दन शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने समाचार बाहिरिए पनि अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्रीले शर्मालाई मन्त्री बनाउने छाँट देखाउनुभएको छैन । प्रधानमन्त्रीको रणनीतिअनुसार वरिष्ठ नेता माधव नेपाललाई रौतहटको आन्तरिक राजनीतिमा काउण्टर दिन र उनको राजनीतिलाई कमजोर बनाउन प्रभु साहलाई मन्त्री बनाउनुपर्नेमा बालुवाटारले जोड गरिरहेको बताइएको छ ।

उता,सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले औपचारिक रूपमा पटक पटक नेकपा ज्वाईन गर्ने बताए पनि हालसम्म कुनै सम्भावना र लक्षण नदेखाएकोले प्रधानमन्त्री असन्तुष्ट बन्नुभएको थियो । त्रिपाठीको यदाकदा उल्टै आफूले नयाँ पार्टी बनाउने उद्घोषले प्रधानमन्त्रीको असन्तुष्टीरूपी आगोमा घिउ हाल्ने काम भएको स्रोतको दाबी छ । दशैंअघि रिक्त तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र पुनर्गठनको काम भने दशैंपछि मात्र गर्ने संकेत देखिएपछि अर्का अध्यक्ष थप दिक्दार हुनुभएको बताइन्छ ।

यता,मन्त्रिमण्डल पुनर्गठन तथा नयाँ मन्त्री थप्ने काम बालुवाटारको लागि पनि टाउको दुखाईको विषय बनेको छ । सोमबार दुईजना अध्यक्षबीच महासचिव पौडेललाई अर्थमा नियुक्त गर्ने एक किसिमको सहमति भइसके पनि आज एकाएक उक्त सहमति कार्यान्वयनमा आशंका उब्जेको छ । रिक्त तीन वटै मन्त्रालय यसअघि पूर्व एमालेको भागमा परेको थियो ।

शहरी विकास मन्त्रालय पनि उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि पूर्व एमालेको भागमा नै थियो । यस्तो अवस्थामा न तीनवटै मन्त्रालयमा आफ्ना मान्छे भर्नु न आफ्नो गाँस काटेर पूर्व माओवादीलाई दिनु भन्ने असमान्जस्यताको स्थिति देखिएपछि मन्त्री नियुक्तिको विषयले मंगलबारको सचिवालय बैठकमा प्रवेश नै नपाएको हो । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...