प्रदेश ५ को राजधानी दाङ देउखुरीको पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाकाे हृीप



हाम्रो इकोनोमि

 

प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ । प्रदेशकाे स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक साढे ११ बजेदेखि सुरु भएको थियो । बैठकमा मुख्यमन्त्रीले सांसदहरूसमक्ष राजधानीका बारेमा ब्रिफिङ गरेका थिए ।

बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरीलाई बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थिक र पर्यटनको राजधानी बनाउने गरी छलफल भएको बताए । ‘त्यहीअनुसार दाङ देउखुरीको प्रस्तावमा मतदान गर्न मुख्यमन्त्रीले हृीप जारी गर्नुभएकाे छ’, उनले भने ।

यसअघि सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन स्थगन गर्न आग्रह गरेको थियो । अब केही बेरमा प्रदेशसभा बैठक बस्दै छ । बैठकस्थल बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेशसभा बाहिर भने बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...