प्रदेश ५ को राजधानी दाङ देउखुरीको पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाकाे हृीप



हाम्रो इकोनोमि

 

प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ । प्रदेशकाे स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक साढे ११ बजेदेखि सुरु भएको थियो । बैठकमा मुख्यमन्त्रीले सांसदहरूसमक्ष राजधानीका बारेमा ब्रिफिङ गरेका थिए ।

बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरीलाई बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थिक र पर्यटनको राजधानी बनाउने गरी छलफल भएको बताए । ‘त्यहीअनुसार दाङ देउखुरीको प्रस्तावमा मतदान गर्न मुख्यमन्त्रीले हृीप जारी गर्नुभएकाे छ’, उनले भने ।

यसअघि सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन स्थगन गर्न आग्रह गरेको थियो । अब केही बेरमा प्रदेशसभा बैठक बस्दै छ । बैठकस्थल बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेशसभा बाहिर भने बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...