‘डा. केसीको जीवन तल माथि भयो भने यसको दोषी तपाईँ हो प्रधानमन्त्री ज्यू’ – गगन थापा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले अनशनरत डाक्टर गोविन्द केसीले राखेका कुन चाहीँ माग पूरा नहुने र गर्न नसकिने छ ? र कुन माग जनहित विपरित छन् ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रश्न गरेका छन् । उनले भनेका छन्,.” ज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्? तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र? डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?”

थापाले प्रधानमन्त्रीले सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ भन्दै कडा चेतावनी दिएका छन् । डाक्टर केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी पनि प्रधानमन्त्री नै हुने उनको भनाई छ । उनले अघि भनेका छन्-“पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ। प्रमज्यू,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...