‘डा. केसीको जीवन तल माथि भयो भने यसको दोषी तपाईँ हो प्रधानमन्त्री ज्यू’ – गगन थापा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले अनशनरत डाक्टर गोविन्द केसीले राखेका कुन चाहीँ माग पूरा नहुने र गर्न नसकिने छ ? र कुन माग जनहित विपरित छन् ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रश्न गरेका छन् । उनले भनेका छन्,.” ज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्? तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र? डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?”

थापाले प्रधानमन्त्रीले सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ भन्दै कडा चेतावनी दिएका छन् । डाक्टर केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी पनि प्रधानमन्त्री नै हुने उनको भनाई छ । उनले अघि भनेका छन्-“पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ। प्रमज्यू,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...