ओली–प्रचण्डसँग विष्णु पौडेल रुष्ट, प्रदेश राजधानी नै गायव



हाम्रो इकोनोमि

 

दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर विवाद चर्किरहेका बेला सत्तारूढ नेकपाको सचिवालय नै विभाजित बनेको छ ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड भालुवाङको पक्षमा देखिए पनि नेकपा महासचिव विष्णु पौडेल असन्तुष्ट बनेका छन् । पौडेल रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य हुन् । उनले गत प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जायर गरेका थिए ।

बुटवल पुरानो, व्यापारिक, स्रोत साधन र संरचनायुक्त सहर रहेकाले प्रदेश राजधानीका लागि विकल्पहीन रहेको पौडेलको तर्क रहँदै आएको छ । आफ्नो प्रतिबद्धता र चाहनाविपरीत प्रदेश राजधानीबारे निर्णय भएपछि उनले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँग चर्को असन्तुष्टि राखेको नेकपा स्रोतले जनाएको छ ।

यसअघि वागमती प्रदेशको राजधानीबारे नेकपा सचिवालय बैठकमा छलफल भएको थियो । सचिवालयको ग्रिनसिंग्नलकै आधारमा हेटौंडाबारे  निर्णय गरिएको थियो । स्रोतका अनुसार, वागमती प्रदेशको राजधानीबारे यसअभि सचिवालयले निकास दिएजस्तै गरी प्रदेश ५ राजधानीबारे पनि पार्टीमा छलफल हुनुपर्ने माग पौडेलले राख्दै  आएका छन् । ‘आफ्नाे जायज मागबारे पार्टीका शीर्ष नेताले  छलफल र सरसल्लाह गर्न उत्सुकता नदेखाइ  प्रदेश राजधानीबारे निर्णय गरिएकाेमा महासचिव विष्णु पौडेल रुष्ट छन्,’ स्रोतले भन्यो ।

प्रदेश ५ राजधानीबारे जबरजस्त निर्णय गरेर आफ्नो राजनीतिक करिअरमै खेलबाड गरिएको गुनासो पौडेलले निकटस्थसँग राखेकाे बताइएकाे छ । पौडेलले सचिवालय बैठक नबोलाउने सन्देश अध्यक्षद्वयलाई पुर्याएका छन् । बैठक डाकिए पनि त्यसमा आफू सहभागी नहुने जानकारी पनि उनले गराएको स्रोतले जनाएको छ ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता निर्माणदेखि अहिलेको विवाद समाधानसम्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पात्र हुन् पाैडेल । तर उनै पाैडेल पार्टी नेतृत्वसँग यसपटक रूष्ट बनेका छन् । पार्टी नेतृत्वप्रति पाैडेलले गुनासाे गरेकाे याे दर्लभ घटना भएकाे बताइन्छ ।
प्रदेश ५ सरकारले राजधानीबारे लिएको निर्णयबाट रुष्ट बनेका पौडेलले सचिवालय बैठक नबोलाउने र बोलाइए पनि सहभागी नहुने सन्देश बालुवाटारमा पुर्याएका छन्,’ स्रोतले भन्यो ।
प्रदेश ५ को राजधानीलाई लिएर विवाद चर्किएपछि मुख्यमन्त्री शंकर पोखरेलले सक्रिय बनेका छन् । शनिबार काठमाडौं आएका उनले अध्यक्षद्वयसँगै केही नेतासँग भेटघाट गरेर दाङको पक्षमा माहोल बनाइदिन आग्रह गरेका छन् । उनको आग्रहपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग दाङको पक्षमा उभिदिन आग्रह गरेको बताइएको छ ।

कांग्रेसले प्रदेश ५ राजधानीबारे प्रदर्शन थालेपछि अध्यक्षद्वयले कांग्रेसको साथ खोजेका हुन् । यद्यपि, कांग्रेसले थालेको प्रदर्शन रोकिएको छैन । २०७७ असाेज १८ गते  आइतबार मात्रै काठमाडौंबाट फर्किंएका प्रदेश ५ का मुख्यमन्त्री पोखरेल प्रदर्शनकारीको निशानामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...