बुटवल तनावग्रस्त : दर्जन ठाउँ निषेधित क्षेत्र घोषणा



हाम्रो इकोनोमि

 

प्रदेश ५ को स्थायी राजधानी दाङ तोकिएको विषयमा हालको अस्थायी राजधानी बुटवल तनावगग्रस्त भएपछि स्थानीय प्रशासनले केही स्थानमा निशेधाज्ञा जारी गरेको छ ।

अहिले बिहान ६ बजेदेखि लागु हुनेगरि २१ गते बेलुका ६ बजेसम्मका लागि निशेधाज्ञा जारी भएको हो । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।

स्थायी राजधानी दाङको भालुवाङ तोक्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो ।

शनिबार राति साढे ८ बजे सूचना जारी गरी प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ । प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।

यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रशासनले निषेधित क्षेत्र तोकेपछि कांग्रेसले आह्वान गरेको रुपन्देही बन्द र रुपन्देहीका दुई दर्जन बढी व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा आइतबार बिहान संयुक्तरुपमा आयोजना गरेको प्रदर्शन प्रभावित हुने देखिएको छ ।

राजधानी सार्ने प्रस्तावको विरोधमा हुने आन्दोलन रोक्न चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेकोप्रति कतिपय नेकपाकै कार्यकर्ता र स्थानीयले लोकतन्त्रविरूद्धको हर्कत भन्दै आलोचना गरेका छन् ।

दाङबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी नै दाङ पुर्‍याएपछि नेकपाभित्रको गुटगत असन्तुष्टि छरपस्ट भएको छ ।

शुक्रबार प्रदेश राजधानी भालुवाङ र नाम लुम्बिनी तोक्ने निर्णय भएसँगै हालको अस्थायी राजधानी बुटवल तनावग्रस्त छ । प्रदेशको निर्णयका कारण सत्तारुढ नेकपाभित्र पनि तनाव छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...