दलितका लागि एकीकृत वस्ती र विपन्नका लागि निजी घर



हाम्रो इकोनोमि

 

 

रौतहटको मौलापुर नगरपालिका विपन्न तथा दलित परिवारको सहारा बनेको छ । प्रदेश नम्बर २ कै एकमात्र महिला स्थानीय तह प्रमुख रहेकी मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा स्थानीय दलितका लागि एकीकृत वस्ती र विपन्नका लागि निजी घर निर्माण गरिएको छ ।

मेयर साहले आफ्नो विशेष पहलमा जग्गा किनेर गाउँको बीचमा चमार जातिका १७ परिवारका लागि घर निर्माण गरेकी छिन् । आर्थिक रुपमा अति पिछडिएका जग्गाविहीन दलितहरुका लागि मौलापुरमा १७ घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकिएको छ । मर्यादपुरमा ४० दलित परिवारका लागि घर निर्माण अन्तिम चरणमा रहेको छ ।

एकातिर दलित उत्थानका लागि दलित वस्ती निर्माण गराएकी मेयर साहले गरीबी र विपन्नतामा जीवन बिताइरहेका अन्य समुदायको असहायको लागि पनि आवास निर्माण गराएकी हुन् । वर्षौदेखि वर्खा र जाडोमा कष्टकर जीवन बिताइरहेका विपन्न परिवारको सहारा बन्दै मेयर साहले सुविधासम्पन्न आधुनिक घर निर्माण गरिदिएकी छिन् । दर्जनौं घरको निर्माण सम्पन्न भईसकेको छ भने अझै हरेक वडामा त्यस्ता परिवारको पहिचान गरी भवन निर्माण कार्य जारी रहेको छ ।

पुरानो झुपडीमा बस्दै आएका खुबलाल बैठाले आफुहरुले आफ्नो जीवनमा पक्की घर बनाउन सक्नेबारे कहिले कल्पना पनि नगरेको बताए । गरीबीको चरम मारमा रहेका पटेलले भने, ‘दुई छाक भोक टार्न पनि धौधौ परेको थियो, घर कहाँबाट बनाउन सक्थे र ? झुपडीमा बास थियो, बर्खामा घर चुहिने समस्याले परेशान थियौं । धन्यवाद दिन चाहन्छौं कि मौलापुरका मेयरले हाम्रो घर बनाइदिनुभयो ।’

खुबलालजस्तै यहाँ धेरै स्थानीय छन् जो गरिबीको जीवन बिताउदै आएका छन् । तर मेयर साहको योजना अन्तर्गत निर्माण गरिएका घरहरुले उनीहरुको अनुहारमा खुशी ल्याइदिएको छ ।

प्रदेश नम्बर २ कै पहिलो र एकमात्र महिला मेयर रहेकी रीनाकुमारी साहले प्राथमिकतामा सामाजिक न्याय रहेको छ । सदियौँदेखि अपहेलित जीवन बिताइरहेका दलितलाई एकीकृत घर निर्माण गरिदिएर समाजमा सम्मानपूर्वक जीवन बिताउने वातावरण सृजना गरिदिनु आफैमा उदाहरणीय छ । गरीब विपन्नलाई सुरक्षित आवास निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर मेयर साहले सामाजिक न्याय सहितको सुशासनको प्रत्याभूति गराएको स्थानीय बताउछन् ।

यी बाहेक मेयर साहले आफ्नो कार्यकालमा किसानलाई निःशुल्क बीउ बिजन, सिंचाइका लागि पानी तथा सहुलियत मल, मालपोतलगायतका पचासौं शीर्षकमा कर नलिने, गाउँ गाउँलाई पिचले जोड्ने जस्ता दर्जनौं सराहनीय कार्य गरेकी स्थायीहरुले बताए ।

एक त महिला मेयर, त्यसमा पनि पछाडि परेको क्षेत्रमा नेतृत्वको जिम्मेवारी गर्नुपर्ने स्थिति साहले जुन साहस देखाएकी छिन् त्यो अन्य स्थानीय तहका लागि अनुकरणीय छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...