फेरी चिप्लिए दाहाल, ओली नै कार्यकारी



हाम्रो इकोनोमि

 

पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६८ औं बैठकको भावनाविपरीत एकलौटी निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।

“कूटनीति मामिलासँग गाँसिएको राजदूत सिफारिसजस्तो निर्णय पनि पार्टीमा छलफल भएको छैन । फेरि जसजसलाई सिफारिस गरिएको छ, मापदण्ड विपरीत छ । त्यसरी निर्णय गर्ने भनेर पार्टीले भनेको छैन । बैठकको निर्णय पनि यो होइन । केपी ओली फर्किएर पुरानै ठाउँमा पुग्नुभयो,” ती नेताले भने ।
दाहाल निकट एक नेताका अनुसार ओलीको निर्णयप्रति दाहाल असन्तुष्ट छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत कुरा उठे पनि राजदूत, संवैधानिक नियुक्तिका विषयमा केही पनि कुरा नभएको उनले बताए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा छलफल नभएको बताए । “राजदूत सिफारिसबारे छलफल भएको छैन । केके निर्णय भए त्यो पनि बुझ्न पाएको छैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...