प्रधानमन्त्री ओलीले भने : आलोचना सुन्ने बित्तिकै बुरुक्क उफ्रने प्रवृति त्यागौ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुले पनि गुनासो र आलोचना सुन्न सक्नुपर्ने बताउनुभएको छ । मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ्चार माध्यमका प्रधानमन्त्रीले अरूलाइ गाली गर्ने सञ्चार माध्यमका सम्पादकले आफ्नो आलोचना सहर्ष स्वीकार्ने हुनुपर्ने बताउनुभयो ।

उहाँले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताउनुभयो । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफुले एक्पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्ने ।

उहाँले भन्नुभयो‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नी । एसो छोयो भने देखि बुरुक्क उफ्रिआल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि म सँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो । तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भने तपाईहरुलाई दिनरात गालिगर्दा हुन्छ । मैले अलिकति भने भने तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भनदा सहन नसक्ने के हो यो । आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दि एभने सहन्न भनिहाल्ने ।’

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताउनुभो । बाकसमा रहने भ्यागुताको उदाहरण दिदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाउनुभयो । बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...