धुम्बाराहीमा झार, पेरिसडाँडामा ह्वारह्वार



हाम्रो इकोनोमि

 

केपी ओली प्रधानमन्त्री बनेर नेकपाको सबैजसो बैठक सरकारी निवास बालुवाटारमा बस्न थालेपछि केन्द्रीय कार्यालय,धुम्बाराही वरिपरि झारले झाडी बनाएको छ । दुईजना पार्टी सचिव, कहिलेकाहीं महासचिवबाहेक अरु नेता तथा कार्यकर्ता त्यहाँ बिरलै पुग्ने गरेका छन् ।

जनवर्गीय संगठन र मोर्चाको कार्यालय रहेका कारण कोटेश्वर,पेरिसडाँडाको कार्यालयमा भने लकडाउनवीच पनि नेता तथा कार्यकर्ताको ओहोरदोहोर भइरहेको बताइन्छ । गत आइतबार पहिलो पटक एकीकृत पार्टीको सचिवालय बैठक बस्दा गतिलै भीड देखियो ।

बालुवाटारमा पो सेना, प्रहरीको ठूलो सुरक्षा घेरा छ जो पायो उही छिर्न पाउँदैन, त्यसैले ‘कोरोना सङ्क्रमणको उच्च जोखिम र भीडलाई ध्यानमा राख्दै’ फेरि सचिवालय बैठक बालुवाटारतिरै फर्काइयो । केन्द्रीय कार्यालय धुम्बाराहीको जिम्मेवारी यतिखेर कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकाल ‘प्रशान्त’ को भागमा मात्र रहेको झैँ देखिन्छ ।
पेरिसडाँडामा कर्मचारी र सहयोगी गरेर आधा दर्जनभन्दा बढी कार्यरत छन् । पुस्तकालय हेर्ने दीपा शर्मा, लेखा शाखामा योवेन्द्र पराजुली, सञ्चार हेर्ने शिव खकुरेल, रिसेप्सनमा सुनिता रेग्मी, जनयुद्धका घाइते पत्रकार निमबहादुर बुढाथोकी र दुईजना कार्यालय सहयोगी दिनदिनै उपस्थित हुन्छन् । सुरक्षा नजिकैको प्रहरी पोस्टले हेर्छ ।

कर्मचारी र कार्यालय सञ्चालन खर्च संसद सचिवालयबाट तत्कालीन एमाले र एमाओवादीले प्राप्त गर्दै आएको बजेट र उठाइएको छुट्टाछुट्टै लेबी रकमबाट जुटाउने गरिएको छ । एकीकृत लेखा प्रणाली पार्टी एकताको तीन बर्ष पुग्न लाग्दा पनि शुरु भएको छैन । पूर्व माओवादीले खरिद गरेको पेरिस डाँडाको मुख्य भवनको रकम लगभग चुक्ता भइसकेको र सहकारीबाट लिइएको थोरै ऋण मात्र तिर्न बाँकी रहेको स्रोतको दाबी छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...