काठमाडौं उपत्यकामा जोरबिजोर कडा



हाम्रो इकोनोमि

 

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

‘जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि हामीले चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिइएका छन्,’

उनका अनुसार राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने उनले बताए।

‘नियन्त्रण लिने क्रममा सवारी नियम उल्लंघन गरिएका घटना पनि छन्, यस्तोमा कारबाही हुन्छ,’ उनले भने।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...