मन्त्रालय टुक्र्‍याएर भागबन्डा मिलाउने तयारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’मा भागबण्डा मिलाउन तिन मन्त्रालय टुक्राउने तयारी भैरहेको छ । पूर्वपार्टीकै आधारमा भागबन्डा मिलाउने खेल अघि बढेपछि तीन मन्त्रालय टुक्र्याइने गृहकार्य अघि बढेको छ । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगभग सहमति जुटेको छ ।

स्रोतका अनुसार अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ । यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्र्याएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ भने भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्र्याएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी गृहकार्य भइरहेको छ ।

पार्टी एकता भएको दुई बर्ष चार महिना बितिसक्दा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा मा पूर्वपार्टीकै आधारमा भागबण्डा देखिएको छ । स्थायी कमिटी बैठकले पूर्वसमुहको आधारलाई खारेज गरी एकताको नयाँ आधारसहित पार्टीलाई अघि बढाउने निर्णय लिएपनि पदीय भागबण्डामा भने एमाले र माओवादीकै हैसियतमा भागबण्डाको बार्गेनिग चलेको हो ।

बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भएपनि  केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा उनीहरूबीच सहमति बन्न नसकेको बताइन्छ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालयका केही सदस्यलाई समेत मन्त्रिमण्डलमा समेट्नुपर्ने पक्षमा छन्।

भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भइरहेको निकट नेताहरू बताउँछन्। यद्यपि, विभिन्न विकल्पमा छलफल भएपनि उनीहरूबीच ठोस सहमति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...