कांग्रेस नेता दीपक खड्काले हाँकेको गाडीले किच्दा महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काले चलाएको गाडीले किच्दा जेब्राक्रसिङमा बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको छ । घटना असोज ७ गते भए पनि यो विषय सार्वजनिक भएको थिएन । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते रहेका छन ।

काठमाडाैँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाइ ठक्कर दिएर कुल्चिएको कार्कीका अाफन्त समेत रहेका अनेरास्ववियूका नेता किरण देउजाले जानकारी दिए ।

खड्काको गाडीले किचिएकी अनुपाको सोही दिन दिउँसो २ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको देउजाले जानकारी दिए । खड्काले जेब्राक्रसिङमा मान्छे किचेर भागेका थिए । प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए तर अनुपा बाच्न सकिन्न् । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन । काठमाण्डौ खबरबाट साभार

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...