चार मन्त्रालय टुक्रयाउने, मन्त्रीपरिषद आजै हेरफेर को तयारी



हाम्रो इकोनोमि

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद फेरवदल गर्न लागेका छन् । केही मन्त्रालय टुक्राएर, केही मन्त्रीलाई विदा दिएर नयाँ मन्त्रीपरिषद पुर्नगठन गर्न लागेको स्रोतले बताएको छ ।

मन्त्रीपरिषद पुर्नगठनका लागि प्रधानमन्त्री ओलीले आज दिउँसो आकस्मिक मन्त्रीपरिषदको बैठक बोलाएका छन् । कतिपय मन्त्रीलाई आजदेखि विदा दिनेगरी बैठक डाकिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली निकट स्रोतकाअनुसार चार मन्त्रालय विभाजन गर्न लागिएको छ । आजको मन्त्रीपरिषद बैठकबाट चार मन्त्रालय टुक्राउने प्रस्ताव गरिदैछ । भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिचाई, उद्योग वाणिज्य तथा आपुर्ति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय टुक्राउने तयारी गरिएको छ । १२ बजे बस्ने मन्त्रीपरिषदको बैठकले थप ४ नयाँ मन्त्रालय निर्माण गर्ने भएको छ ।

मन्त्रीपरिषद पुर्नगठनभन्दा पहिले ओलीले नेकपा अध्यक्ष दाहालसँग बालुवाटारमा छलफल गरिरहेका छन् । प्रचण्डससँगको छलफलपछि ओली मन्त्रीपरिषदको बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...