चार मन्त्रालय टुक्रयाउने, मन्त्रीपरिषद आजै हेरफेर को तयारी



हाम्रो इकोनोमि

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद फेरवदल गर्न लागेका छन् । केही मन्त्रालय टुक्राएर, केही मन्त्रीलाई विदा दिएर नयाँ मन्त्रीपरिषद पुर्नगठन गर्न लागेको स्रोतले बताएको छ ।

मन्त्रीपरिषद पुर्नगठनका लागि प्रधानमन्त्री ओलीले आज दिउँसो आकस्मिक मन्त्रीपरिषदको बैठक बोलाएका छन् । कतिपय मन्त्रीलाई आजदेखि विदा दिनेगरी बैठक डाकिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली निकट स्रोतकाअनुसार चार मन्त्रालय विभाजन गर्न लागिएको छ । आजको मन्त्रीपरिषद बैठकबाट चार मन्त्रालय टुक्राउने प्रस्ताव गरिदैछ । भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिचाई, उद्योग वाणिज्य तथा आपुर्ति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय टुक्राउने तयारी गरिएको छ । १२ बजे बस्ने मन्त्रीपरिषदको बैठकले थप ४ नयाँ मन्त्रालय निर्माण गर्ने भएको छ ।

मन्त्रीपरिषद पुर्नगठनभन्दा पहिले ओलीले नेकपा अध्यक्ष दाहालसँग बालुवाटारमा छलफल गरिरहेका छन् । प्रचण्डससँगको छलफलपछि ओली मन्त्रीपरिषदको बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...